म्यानयु पराजित, सेभिल्ला उपाधि नजिक
समाधान संवाददाता
२०७७ भदौ १ गते ७:२०
एजेन्सी
युरोपियन उपाधि जित्ने इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सपना टुटेको छ । युरोपा लिग अन्तर्गत आइतबार राति भएको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब सेभिल्लासँग पराजित भयो ।
सेभिल्लाले युनाइटेडलाई २–१ ले पराजित गरेको हो । ब्रुनो फेर्नान्डेसले नवौँ मिनेटमा पेनाल्टी मार्फत गरेको गोलबाट लिएको सुरुवाति अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड पराजित भएको हो ।
२६ औँ मिनेटमा फेर्नान्डेज साएजले सेभिल्लाका लागि बराबरी गोल गरे । ७८ औँ मिनेटमा लूक डी जोङ्गले गोल गरेर सेभिल्लालाई महत्वपूर्ण जित दिलाई युरोपा लिग फुटबलको फाइनलमा स्थान पक्का गरेको हो ।
सेभिल्ला छैटौँ पटक युइएफए कप/युरोपा लिगको फाइनलमा प्रवेश गरेको हो। सेभिल्लाले उपाधिका लागि इन्टर मिलान र शाख्तर डोनेस्कबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया