आफ्नै शिशुको हत्या अभियोगमा महिला पक्राउ
समाधान संवाददाता
२०७७ भदौ १ गते २१:४३

समाधान संवाददाता, पोखरा
आफ्नै नवजात शिशुको हत्या अभियोगमा कास्की प्रहरीले १ महिलालाई पक्राउ गरेको छ ।
तनहुँ व्यास नगरपालिका ६ घर भई कास्कीको रुपा गाउँपालिका ४ खाल्टे बस्दै आएकी ३३ वर्षीया रिता मल्ल सिंहलाई घटनाको ५ दिनपछि पक्राउ गरेको हो ।
साउन २७ गते दिउँसो पौने २ बजे रुपा ३ स्थित टाकान्जामा नवजात शिशुको शव फेला परेको थियो । शव फेला परे लगत्तै अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय डाँडाकोनाकको टोलीले साउन ३२ गते मात्र सिंहलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी सिंह विरुद्ध ज्यानसम्बन्धी कसुर अन्तर्गत मुद्दामा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।
घटनाउपर थप अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए ।
सम्बन्धित









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया