सुशान्त मृत्यु प्रकरण सिबिआईले अनुसन्धान गर्न आदेश

समाधान संवाददाता २०७७ भदौ ३ गते १५:१७

एजेन्सी

भारतको सर्वोच्च अदालतले भारतीय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणको अनुसन्धान गर्न सीबीआईलाई आदेश दिएको छ।

उक्त प्रकरणमा सीबीआईले अनुसन्धान गर्नुपर्ने माग सुरुदेखि नै उठ्दै आएको छ। तर महाराष्ट्र सरकारले यस विषयमा सीबीआईको संलग्नता अस्वीकार गर्दै आएको थियो। उक्त प्रकरणमा हाल मुम्बई पुलिसले अनुसन्धान गरिरहेको छ।

Advertisement

सुशान्तका बुवा केके सिंहले मुम्बई पुलिसको छानविनप्रति विश्वास नभएको भन्दै सुशान्तकी प्रेमिका भनिएकी रिया चक्रवर्तीविरुद्ध पटना पुलिसमा उजूरी दर्ता गराएका थिए। सिंहको उजूरीपछि बिहार प्रहरीले उक्त प्रकरण आफूले अनुसन्धान गर्ने भनेपछि मुम्बई पुलिस र बिहार पुलिसबीच विवाद चल्दै आएको थियो।

बिहार पुलिसले अनुसन्धान अघि बढाएपछि रिया चक्रवर्तीले पटनामा दर्ता भएको मुद्दालाई मुम्बई ट्रान्सफर गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन्। उक्त निवेदनमाथि बुधबार फैसला गर्दै सर्वोच्चले सुशान्त आत्महत्या प्रकरणको अनुसन्धान सीबीआईले गर्ने आदेश दिएको हो।

Advertisement

बिहार सरकारले पनि यस प्रकरणमा सीबीआई जाँचको माग गर्दै आएको थियो। अदालतले अनुसन्धानका क्रममा हालसम्म प्राप्त भएका सबै प्रमाण सीबीआईलाई हस्तान्तरण गर्न पनि मुम्बई पुलिसलाई आदेश दिएको छ।

तपाईको प्रतिक्रिया