च्याम्पियन लिगकाे फाइनलमा बायर्न र पिएसजी भिड्ने

समाधान संवाददाता २०७७ भदौ ४ गते ९:१४

एजेन्सी

जर्मन क्लब बार्यन म्युनिख र फ्रान्सकाे पिएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा भिड्ने भएका छन् ।

लिस्बोनमा बुधबार राति भएको सेमिफाइनलमा फ्रान्सेली क्लब लियोनलाई ३–० ले पराजित गरेर बार्यन म्युनिखले फाइनल यात्रा तय गरेको हो ।

Advertisement

यसअघि बायर्नले बार्सिलाेनालाईलाई पराजित गर्दै सेमिफाइनलकाे यात्रा तय गरिसकेकाे हाे ।

पहिलो हाफमा दुई गोल गरेको बार्यनले दोस्रो हाफमा थप एक गोल गरेको हो । बार्यनको जितमा सर्गेइ ग्नाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

Advertisement

ग्नाब्रीले १८ र ३३ औँ मिनेटमा गोल गरेका हुन् । लेवान्डोस्कीले ८८ औँ मिनेटमा गोल गरे । बार्यन म्युखिन ११ औँ पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

कोरोना भाइरसको महामारीका कारण रोकिएर पुनः सुरु भएको च्याम्पियन्स लिगमा यो पटक बार्यन म्युखिनले बलिया क्लबलाई स्तब्ध पारेर फाइनलसम्मको यात्रा तय गरेको हो ।

अन्तिम ८ मा बार्यन म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको थियो ।

अब फाइनल बार्यन र पेरिस सेन्ट–जर्मेन (पिएसजी) बीच आउँदो आइतबार राति हुनेछ ।

तपाईको प्रतिक्रिया