गाई मार्ने ४ जना पक्राउ
समाधान संवाददाता
२०७७ भदौ ५ गते ७:३२
त्रिशुली, रासस ।
गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको छ ।
काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
उहाँको अनुसार गौहत्या गरेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । घटनामा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
फाइल तस्विर ।
सम्बन्धित
तपाईको प्रतिक्रिया