निषेधाज्ञा ताेड्दै निस्केकाे इन्द्रजात्रामा झडप
समाधान संवाददाता
२०७७ भदौ १८ गते १३:५४

समाधान संवाददाता
सरकारले प्रतिबन्ध लगाउदा लगाउदै पनि रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच ललितपुरका पुल्चोकमा झडप भएको छ।
निषेधाज्ञा उल्लंघन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा थिए। ११ बजेपछि उनीहरुले जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्याएका थिए। उनीहरुले संस्कृति मास्न नपाइने नारावाजी लेखिएका प्लेकार्ड बोकेका थिए।
अहिले १ बजेपछि भने अवस्था तनावपूर्ण भएकाे छ । नेपाल प्रहरीले मात्र नसक्ने भन्दै शसस्त्र प्रहरी समेत परिचालन गरिएकाे छ । प्रहरी बढेपछि आक्रामक बनेका युवाले ढुङ्गा मुढा गरेका छन् । भिड तितरवितर पार्न सुरक्षाकर्मीले पानीका फाेहाेरा हान्नुका साथै अश्रुग्यास प्रहार गरेका छ ।
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया