गण्डकीमा आज ७५ संक्रमित थपिए, संक्रमित संख्या २८ सय नाघ्यो

समाधान संवाददाता २०७७ भदौ २६ गते १५:१६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा शुक्रबार ७५ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार दिउँसोसम्म ७ जिल्लाका ७५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि हुनेमा नवलपुरका ३८, तनहुँका १३, कास्कीका १२, लमजुङका ५, गोरखाका ३, स्याङ्जा र पर्वतका २÷२ जना छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८ सय ५ पुगेको छ ।

Advertisement

संक्रमितमध्ये १८ सय ४९ जना निको भएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया