कर्मचारीलाई लेखन तालिम

समाधान संवाददाता २०७७ असोज ५ गते १०:०१

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश प्रशिक्षक प्रतिष्ठानले कर्मचारीहरुका लागि प्रस्ताव लेखन तालिम सुरु गरेको छ । मन्त्रिपरिषद्मा ल्याउनुपर्ने प्रस्ताव लेखन सम्बन्धी तालिमको आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

६ महिनाअघि नेतृत्व पाएको प्रतिष्ठानले पहिलो कार्यक्रम गरेको छ । विभिन्न ७ मन्त्रालयका २३ कर्मचारी तालिममा सहभागी छन् । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेका अनुसार मुख्यमन्त्री कार्यालयका कानुन सचिव दलबहादुर अधिकारी, सचिवद्वय इन्दु घिमिरे र रामचन्द्र ढकालले प्रशिक्षण दिनेछन् ।

Advertisement

कार्यकारी निर्देशक पाण्डेले अब प्रतिष्ठानले वर्षमा २ सयवटा तालिम चलाउने जानकारी दिए ।

कार्यक्रम उद्घाटनपछि मुख्यमन्त्री गुरुङले कर्मचारीले लोकसेवा पास गरेपछि आधारभूत क्षमता राख्ने भए पनि थुप्रै सिप कौशल सिक्न जरुरी भएको बताए । उनले भने, ‘संघीयतापछि जनतालाई परिवर्तनको अनुभूति दिने गरी कर्मचारीबाट काम हुनुपर्छ ।’ उनले तालिमबाट कर्मचारीको क्षमता वृद्धि हुने विश्वास व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया