रियालाई थप १४ दिन हिरासतमा राख्न अनुमति
समाधान संवाददाता
२०७७ असोज ६ गते १५:३५

एजेन्सी
भारतीय अभिनेता सुशान्तसिंह राजपुतको निधनमा मुख्य आरोपी रिया चक्रवर्तीलाई थप १४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। उनी सुशान्तकाे हत्यामा नभई लागु अाैषधकाे दुर्व्यसनीका कारण पक्राउ परेकी हुन् ।
सुशान्तको निधनसँग जोडिएको लागुऔषध मुद्दामा रिया अब ६ अक्टोबरसम्म नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)को हिरासतमा रहनेछिन्। रियाका भाई शौविकसहित अन्य व्यक्तिहरु पनि लागुऔषध दुर्व्यवसनी तथा ओसारपसारमा संलग्न भएको आरोपमा हिरासतमा छन्।
रियाका वकिल सतीश मानेशिन्देले बाम्बे हाई कोर्टमा जमानतका लागि निवेदन दिएका छन्। जसमाथि भोलि २३ सेप्टेम्बरमा सुनुवाइ हुँदैछ।
लागुऔषध दुर्व्यसनीमा अभिनेत्रीहरु रकुल प्रीत सिंह, सारा अली खान, श्रद्धा कपुर र दीपिका पादुकोण पनि संलग्नता रहेको पाइएको छ। चारै अभिनेत्रीलाई सोधपुछमा बोलाउने एनसीबीको तयारी छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया