बालुवा झिक्ने क्रममा पुरिएर एकको मृत्यु

समाधान संवाददाता २०७७ असोज १३ गते १५:३५

स्याङ्जा, रासस

बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

Advertisement

बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

उहाँसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएका छन ।

Advertisement

तपाईको प्रतिक्रिया