जनसक्रिय टोलमा राई

समाधान संवाददाता २०७७ असोज २४ गते १०:५७

समाधान संवाददाता, पोखरा

जनसक्रिय टोल विकास संस्था, पोखरा–१४, सगरमाथाचोकको अध्यक्षमा डीबी राई सर्वसम्मत चयन भएका छन् ।

संस्थाको प्रथम साधारणसभा तथा अधिवेशनबाट उपाध्यक्षमा सु. यामबहादुर गुरुङ, सचिवमा माधव क्षेत्री, सह–सचिवमा तीर्थ श्रेष्ठ र कोषाध्यक्षमा विन्दुकुमारी श्रेष्ठ सर्वसम्मत चयन भए ।

Advertisement

सदस्यमा बाबुराम थापा, विष्णुकुमारी गौचन, टेकबहादुर कुँवर, डोलमाया मानन्धर, नन्दप्रसाद तुलाचन, डिलप्रसाद पौडेल, मुना थापा र जीवन गुरुङ चयन भए ।

मीरादेवी आचार्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो ।

Advertisement

निर्वाचन मण्डलका सदस्यमा डिल्ली सुवेदी र अमृत दाहाल थिए ।

अधिवेशनको उद्घाटन गर्दै पोखरा–१४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले नयाँ टोल विकास संस्था भएपनि संस्थाले विकास निर्माणका लागि गरेको पहल प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा शुक्रराज बलभद्र मावि व्यवस्थापन समितिका अध्यक्ष रोमबहादुर कार्की, पोखरा–१४ का वडा सदस्य ढोलबहादुर गुरुङ, नेपाली कांग्रेस, पोखरा–१४ का वडा सभापति बोधबहादुर कार्की, खाल्टे टोल विकास संस्थाका अध्यक्ष सु. भीमबहादुर गुरुङ, मसिना टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र सुवेदी, सामुदायिक सेवा केन्द्र, पोखरा–१२, माटेपानीकी मीरादेवी आचार्यलगायतले बोलेका थिए ।

वक्ताहरूले टोल क्षेत्रमा रहेको भट्टराई पोल्ट्री फर्मबाट उत्सर्जित दुर्गन्धका कारण टोलबासीको जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै सम्बन्धित निकायमा पहल गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका थिए ।

उनीहरूले घना बस्ती भएका क्षेत्रमा पशुपंक्षी फर्म राख्न नदिन समेत माग गरेका छन् ।

तपाईको प्रतिक्रिया