तमादीका पहिरो पीडितलाई प्रदेश सरकारले दियो राहत

समाधान संवाददाता २०७७ असोज २५ गते ७:४६

समाधान संवाददाता, पोखरा

वालिङ १४ तमादीका पहिरो पीडित परिवारलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ । शनिबार तमादीमा पुगेर गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले पहिरो पीडित परिवारलाई ४ लाख ५० हजार प्रदान गरेका हुन् ।

असोज ८ गते माया नेपालीको घर माथिबाट आएको पहिराले घर पुर्दा एकै परिवारका ९ जनाको मत्यु भएको थियो । प्रदेश सरकारले प्रति मृतक ५० हजारका दरले उक्त रकम प्रदान गरेको हो ।

Advertisement

रकम हस्तान्तरण गर्दै मन्त्री चुमानले प्राकृतिक विपत्तिका कारण गण्डकी प्रदेशमा ठुलो जनधनको क्षति भएको भन्दै स्याङ्जामा पनि पहिरोका कारण ठूलो क्षति भएको बताए ।

पहिरोका कारण घरविहीन भएका नागरिकलाई सरकारले घर निर्माणमा सहयोग गर्ने मन्त्री चुमानको भनाइ थियो । उनले प्रदेश सरकारले प्राकृतिक विपत्तिका कारण घरविहीन भएकालाई घर निर्माणका लागि आर्थिक सहयोग गर्ने बताए ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेशका विधायन समिति सभापति मोहन रेग्मीले स्याङ्जामा वर्षातका कारण धेरै क्षति बेर्होनुपरेको भन्दै पीडित तथा विस्थापितको उचित स्थानान्तरणका लागि ३ तहकै सरकार लागीपरेको बताए ।

वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँणले घरविहीन परिवारलाई नगरपालिकाले जग्गाको खोजी गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया