२ दिनदेखि हराइरहेका दाजुभाइ मृत फेला

समाधान संवाददाता २०७७ कार्तिक २० गते ८:१८

कावासोती, रासस

२ दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय संगम पौडेल बुधबार साँझ मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार दुवै जनाको शव बुधबार साँझ करिब ७ बजे गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो ।

Advertisement

प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मल्लले बताए।

Advertisement

तपाईको प्रतिक्रिया