‘अलपत्र परेका म्याग्दीका आयोजना प्राथमिकतामा छन्’

समाधान संवाददाता २०७७ मंसिर ७ गते ८:४६

राकेश शर्मा, म्याग्दी

संघीय र प्रदेश सरकारको मातहतमासञ्चालित म्याग्दीका आयोजनालाई प्राथमिकतामा राखेर अब काम प्रतिबद्धता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलले जनाएका छन् ।

उनले हिमाली जिल्लामा सूचीकृत भएपनि बजेट र योजनामा कम प्राथमिकतामा परेको गुनासो आइरहेको बेलामा आगामी दिनमा आफूले म्याग्दीका नयाँ योजनामा प्राथमिकता तथा पुरानालाई समयमै सम्पन्न गर्ने गरी ताकेता गर्ने बताएका हुन् ।

Advertisement

संघीय सरकारको समपूरक र विशेष अनुदानमा सञ्चालित आयोजनाको अनुगमनका क्रममा पर्वत र बागलुङ हुँदै म्याग्दी आएका कँडेलले तीनवटै तहको समन्वयमा ठूला आयोजनाहरु सञ्चालन हुने जानकारी दिए ।

उनका अनुसार मुलुकमा भएका तीनवटा तहले सञ्चालन गर्ने विकासे आयोजनाहरुमा डुप्लिकेसन हुनेहुँदा आगामी दिनमा ठूला आयोजनाहरु तीनवटै सरकारको सहलगानीमा सञ्चालन हुनेछन् ।

Advertisement

‘यसपटकको म्याग्दी भ्रमण उपलब्धिमूलक हुनेछ, ‘धेरै भन्दिन, पहिलेजस्तो अबको अवस्था हुँदैन,’ उनले भने । म्याग्दीमा मात्र होइन देशभरि निर्माण कम्पनीले आधा काम गरेर योजना अलपत्र पार्ने प्रवृत्ति बढेको छ ।

शनिबार म्याग्दीको बेनीमा सरोकारवालाहरुसँग कुरा गर्दै उनले ठूला सडक लगायतका ठूला योजना तथा आयोजनाहरु सबैको उपस्थितिमा होस् भन्ने हेतुले भर्खरै कार्यविधि पास भएको समेत जानकारी गराए ।

तीनवटै सरकारको सहलगानीमा आयोजनाहरु सञ्चालन हुने बताउँदै उनले अधिकांश क्षेत्रमा योजना पार्नका लागि मरिमेट्ने गर्ने तर योजना परिसकेपछि त्यसमा चासो नहुँदा योजनाहरु सम्पन्न हुन समय लागेको समेत जनाए ।

सोही अवसरमा प्रधानमन्त्रीका विकास तथा योजना विज्ञ सल्लाहकार गजेन्द्र थपलियाले जिल्ला भित्रका विकासे योजनाहरुको अनुगमन अनि त्यसको अवस्था थाहा पाउनका लागि आफूहरु निरीक्षणमा निस्किएको बताए ।

योजना तथा आयोजनाहरुमा नतिजामुखी विकास हुनुपर्ने बताउँदै उनले प्रधानमन्त्री आफै सबै स्थानमा पुग्न सम्भव नभएकोले उहाँकै निर्देशनमा आफूहरु जिल्ला आएको जानकारी दिए ।

टोलीले बेनी–जोमसोम, बेनी दरबाङ सडक आयोजना राहुघाट जलविद्युत आयोजना, २२० केभि क्षमताको दाना खुर्कोट प्रशारण लाइन बेनी अस्पताल, गलेश्वरमा निमार्णधिन मोटरेबल पुल लगायतका आयोजनाको अनुगमनका साथै जनप्रतिनिधि, प्रशासक र स्थानीयबासीसँग छलफल गरेको थियो ।

म्याग्दीका सरकारवालहरुले योजना आयोगका उपाध्यक्ष कँडेलसहितको टोलीसँगको भेटघाटमा जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना तथा योजनाको अवस्था, विकासे गतिविधि, निर्माणाधीन सडक तथा भवनको भौतिक प्रगतिका बारेमा जानकारी संगै समयमा नै सक्न निर्देशन दिन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया