युआरएल पत्रकारिता पुरस्कार पौडेललाई

समाधान संवाददाता, पोखरा
रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ ।
पुरस्कारको राशी नगद २० हजार र ताम्रपत्र छ ।
अग्रज पत्रकार रवीन्द्र बास्तोला संयोजक र वरिष्ठ मुटुरोग विशेषज्ञ डा माधव तिवारी र इन्सेक गण्डकी संयोजक शिव खकुरेल सदस्य रहेको प्रतिभा छनोट समितिले पौडेलको नाम सिफारिस गरेको हो ।
इमेज च्यानलका गण्डकी ब्युरो प्रमुख पौडेल रेडियो बाराहीका समाचार संयोजक पनि हुन् ।
२०५९ देखि पत्रकारिता सुरु गरेका पौडेल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष र नेपाल प्रेस युनियन कास्की सचिव हुन्।
यही मंसिर २३ गते युआरएलको वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कार अर्पण गरिने युआरएलका सञ्चालक ठाकुरप्रसाद पन्तले जानकारी दिए ।
यसअघि यो पुरस्कारबाट पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ बञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भइसकेका छन् ।








नेका धादिङ पोखरा समितिको रक्तदानमा ४६ पिन्ट रगत संकलन
शुभप्रभात सहकारीमा विश्वको नेतृत्व
शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया