युआरएल पत्रकारिता पुरस्कार पौडेललाई

समाधान संवाददाता २०७७ मंसिर ९ गते ११:२९

समाधान संवाददाता, पोखरा

रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ ।

पुरस्कारको राशी नगद २० हजार र ताम्रपत्र छ ।

Advertisement

अग्रज पत्रकार रवीन्द्र बास्तोला संयोजक र वरिष्ठ मुटुरोग विशेषज्ञ डा माधव तिवारी र इन्सेक गण्डकी संयोजक शिव खकुरेल सदस्य रहेको प्रतिभा छनोट समितिले पौडेलको नाम सिफारिस गरेको हो ।

इमेज च्यानलका गण्डकी ब्युरो प्रमुख पौडेल रेडियो बाराहीका समाचार संयोजक पनि हुन् ।

Advertisement

२०५९ देखि पत्रकारिता सुरु गरेका पौडेल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष र नेपाल प्रेस युनियन कास्की सचिव हुन्।

यही मंसिर २३ गते युआरएलको वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कार अर्पण गरिने युआरएलका सञ्चालक ठाकुरप्रसाद पन्तले जानकारी दिए ।

यसअघि यो पुरस्कारबाट पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ बञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया