प्रदेश सरकारले बाल्यो उपल्लो मुस्ताङमा सौर्यबत्ती

समाधान संवाददाता २०७७ मंसिर १३ गते १२:०८

एसके थकाली, जोमसोम

गण्डकी प्रदेश सरकार र स्थानीय सरकारको अनुदानमा मुस्ताङको उपल्लो भागका घर घरमा सोलार प्यानल वितरण र जडान धमाधम भइरेहको छ ।

बिजुलीको राष्ट्रिय प्रशारण लाइन नजोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका वडाहरुमा प्रदेश सरकारको उज्यालो प्रदेश कार्यक्रम अन्तर्गत सोलार जडान सुरु भएको हो ।

Advertisement

प्रदेश सरकारको ७५ विशेष अनुदान र स्थानीयको २५ प्रतिशत लगानी रहने गरी सोलार प्यानल वितरण गरेको गण्डकी प्रदेश सभाका सदस्य इन्द्रधारा बिष्टले जानकारी दिए ।

उनले राष्ट्रिय प्रशारणको लाइनको पहुँच नभएकाले प्रदेशले सहुलियतमा सोलार प्यानल वितरण गरेको बताए ।

Advertisement

राष्ट्रिय प्रशारण लाइनको पहुँच नपुगेका स्थानमा गत आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरे पनि कोरोना भाइरसको प्रकोप तथा लकडाउनको कारण प्रभावित बनेको थियो ।

प्रदेशले सौर्य उर्जाको योजनालाई मूर्तरुप दिन चालु आर्थिक वर्षमा पनि कार्यक्रम समावेश गरेकाले घरघरमा सोलार प्यानल वितरण तथा जडान कार्यले पूर्णता पाएको हो ।

सरकारले मुस्ताङमा प्रतिघर १८ हजार मूल्यको सोलार प्यानल, ब्याट्री, सोलार वायर र ब्लब उपलब्ध गराइ जडान गरेको छ ।

ती गाउँपालिकाका विभिन्न वडामा सोलार प्यानल वितरण तथा जडानका लागि रोशनी इन्टिच्युट कम्पनीलाई जिम्मा दिएको प्राविधिक कमानसिंह गुरुङले जानकारी दिए ।

कम्पनीको वितरण तथा जडान प्राविधिक टोली यतिबेला हिउँदयामको अत्यधिक चिसो मौसमसँग जुध्दै २ गाउँपालिकाका करिब ४ सय भन्दा बढी घरधुरीमा खटिएको छ ।

सरकारले अनुदानमा दुर्गमका स्थानीयको घरघरमा पुगेर सोलार प्यानल जडान गरेपछि स्थानीयमा खुसीयाली छाएको छ ।

त्यहाँ बिजुली नहुँदा स्थानीयलाई बत्ती बाल्न, मोबाइलको ब्याट्र«ी चार्ज गर्न, टेलिभिजन हेर्न र अनलाइनका समाचार पढ्नबाट बञ्चित थिए ।

राष्ट्रिय प्रशारण लाइन नहुँदा स्थानीय अन्धकारमा बस्न बाध्य थिए ।

गण्डकी प्रदेशले चालु आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक बजेट अनुसार राष्ट्रिय प्रशारणको लाइन नजोडिएका मुस्ताङसहित गोरखा, मनाङ र म्याग्दीका ७ स्थानीय तहमा करिब १ हजार १ सय ६० घरधुरीलाई ७५ प्रतिशत अनुदान सहुलियतमा सोलार प्यानल वितरण कार्य भइरहेको छ ।

तपाईको प्रतिक्रिया