संघीयता कार्यान्वयनमा ढिलाइ किन ?
सम्पादकीय
संविधानले ३ तहका सरकारबीच सहकार्य र समन्वयको परिकल्पना गरे पनि कार्यान्वयन हुन भने हम्मेहम्मे नै परेको छ । एकले अर्काको अस्तित्व स्वीकार गर्न नसकेकै कारण अहिले समस्या सिर्जना भएको छ ।
संविधानलाई पछ्याउँदै संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई विशेष जोड दिइएको छ ।
३ तहका सरकारबीच समन्वय र सहकार्य हुन नसक्दा योजनामा भएका डुप्लिकेसन अन्त्य गर्न यो कदम फलदायी नै हुनेछ ।
समन्वय, पारस्परिक सहयोग र सहकार्यका आधारमा संघीय संरचनालाई थप व्यवस्थित गर्ने सोत नीति तथा कार्यक्रममा समावेश छ ।
तीनै तहबीच समन्वय, सहकार्य गर्न अन्तरप्रदेश परिषद्, प्रदेश समन्वय परिषद् र अन्तरसरकारी वित्त परिषद्जस्ता संरचनालाई सुदृढ र सक्रिय बनाउन जरुरी छ ।
साझा अधिकार सूचीमा रहेका अधिकारको प्रयोगमा कार्यगत स्पष्टता हुन नसक्दा उपन्न समस्यालाई निराकरण अपनाउन लागि उपाय पक्कै पनि फलदायी हुनेछ ।
प्रदेशको संरचना सञ्चालनमा आएपछि पहिलोपटक प्रदेश र संघका सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षबीच छलफल भएको छ ।
३ वर्षको अवधिमा प्रदेशहरुले खेपेका समस्या र ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर गरिएको भेलाबाट निष्कर्ष समेत निकालिएको छ ।
पहिलो दिन प्रदेशका सभामुख र उपसभामुखहरुले व्यक्त गरेको अभिव्यक्तिबाटै प्रष्ट हुन्छ कि अहिले संघीयता कार्यान्वयनमा कति चुनौती छ भनेर ।
संघ, प्रदेश र स्थानीय तहसँग जोडिएका महत्वपूर्ण कानुनहरु नबन्दा सबैभन्दा बढी मार प्रदेश संरचनाले खेपेको छ ।
संविधान निर्माण भएको ५ वर्ष र प्रदेश सभा गठनको ३ वर्ष बितिसक्दा पनि संघीय निजामती सेवा ऐन जारी हुन सकेको छैन ।
संघीय प्रहरी ऐन लगायतका अत्यावश्यक छाता ऐन निर्माण नहुँदा संघीयताको गाडीले गति लिन सकेकै छैन । संघ र स्थानीय तहको काम गर्ने तौरतरिकाले प्रदेश तहको अस्तित्वमाथि नै चुनौती खडा गरिदिएको छ ।
साझा अधिकार भनेर छुट्याइएको भए पनि आवश्यक ऐन कानुन नबन्दा प्रदेश तह नै ओझेलमा परिरहेको र संघीयताको मर्ममै प्रश्नचिन्ह उब्जिएको गुनासो सभामुखहरुले राखेका छन् ।
त्यति मात्र कहाँ हो र ? नीति निर्माणका लागि निर्वाचित सांसदहरुको ध्यान विकास निर्माणमै बढी छ । संघले कानुन बनाइदिएन भनेर गुनासो त उनीहरुले गरेका छन् । तर प्रदेशमै बनेका कानुन कति प्रभावकारी र उपयोगी छन् भनेर लेखाजोखा गर्ने बेला पनि भइसकेको छ ।
संविधानले सुनिश्चित गरेका अधिकार र कर्तव्य अनि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि जनप्रतिनिधि र कर्मचारीतन्त्रले विशेष चासो दिनुपर्छ ।
आँगनमै आइपुगेका सिंहदरबारबाट नागरिकले धेरै अपेक्षा गरेका छन् । स्थानीय तहबाट हुने कार्यसम्पादनका आधारमा नागरिकले संघीयताको सफलता र असफलताबारे धारणा बनाउने हुन् ।
यसका लागि ३ वटै तहका सरकारबीच समन्वय जरुरी छ । ३ तहकै सरकार आफूमा बलियो र आत्मनिर्भर भएको महसुस गर्न खोजेमा संघीयताको असफलता त्यहिँबाट सुरु हुन्छ ।
यसका लागि पनि जनप्रतिनिधि चनाखो हुनुपर्छ । आखिर सरकार ३ तहका भए पनि कार्यथलोको भूगोल त उही हो नि ।
बरु कस्ता खालका योजना कुन सरकारले सञ्चालन गर्दा प्रभावकारी हुन्छन् भन्ने अध्ययन पहिला हुनुप-यो ।
३ तहका सरकार ३ तिर फर्केर होइन कि एउटै लक्ष्य निर्धारण गरी प्रगतिपथमा लम्किनु पर्छ ।






सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया