कांग्रेसको प्रदर्शन आज
समाधान संवाददाता
२०७७ मंसिर २९ गते १०:४३

समाधान संवाददाता, पोखरा
नेपाली कांग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनको तयारी पूरा भएको जनाएको छ ।
वडा तहदेखि नै प्रदर्शनका लागि तयारी गरिएको छ । कास्की कांग्रेस सभापति कृष्ण केसीले प्रदर्शनमा सहभागी हुन पार्टीका क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ, संस्था, बुद्धिजीवी, उद्योगी, व्यवसायीलाई आह्वान गरेका छन् ।
आइतबार देशव्यापी प्रदर्शन अन्तर्गत पोखरामा बिपीचोकबाट प्रदर्शन सुरु हुने कास्की कांग्रेस प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
प्रदर्शन महेन्द्रपुल हुँदै पृथ्वीचोकमा पुगेर विरोधसभामा परिणत हुनेछ ।कांग्रेसले प्रदर्शनका सहभागीलाई मास्क लगाउन, बेला बेलामा सेनिटाइजर प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न पनि आग्रह गरेको छ ।
पोखराको विरोध सभालाई नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले सम्बोधन गर्ने छन् ।
सम्बन्धित







माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया