समाधानका अध्यक्ष बराललाई पितृशोक

समाधान संवाददाता २०७७ माघ १८ गते ११:३३

समाधान संवाददाता

समाधान दैनिकको प्रकाशक संस्था समाधान मिडिया प्रालिका अध्यक्ष उमानाथ बराललाई पितृशोक परेको छ । अध्यक्ष बरालका पिता हरिनन्द बरालको आइतबार निधन भएको हो ।

केही दिनयता निमोनियाका कारण बिरामी ८७ वर्षीय हरिनन्द बरालको पोखरा ७ मासबार नुवारथोकस्थित आफ्नै निवासमा बिहान सबा १० बजे निधन भएको हो । उनको आजै सेतीनदीको पोखरा तुलसीघाटमा दिउँसो १ बजे अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।

Advertisement

स्वर्गीय बरालका श्रीमती छोराहरु डम्मरुराज , उमानाथ, कृष्णराज र दुर्गा तथा छोरी जूना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया