गरिमा विकास बैंकको अध्यक्षमा बस्याल । १३.५ प्रतिशत बोनस सेयर पारित

समाधान संवाददाता २०७७ फागुन १ गते १२:५५

पोखरा, १ फागुन

गरिमा विकास बैंकको अध्यक्षमा श्यामप्रसाद बस्याल चुनिएका छन् । पोखरामा शुक्रबार सम्पन्न १४ औं साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि बस्यालसहित ६ सदस्य सञ्चालक समितिमा चयन गरेको हो ।


सञ्चालक समितिको सदस्यहरुमा संस्थापक तर्फबाट डा.आनन्दप्रसाद श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ र सर्वसाधारण तर्फको शेयर सदस्यबाट सञ्जीव ढकाल, सरस्वती पाठक र विमल पाण्डे चयन भएका छन् । निवर्तमान अध्यक्षमा चन्द्रकान्त बराल छन् ।

Advertisement


संस्थाको निक्षेप ५४ अर्ब ५१ करोड छ । ४६ अर्ब ८५ करोड कर्जा (लगानी) भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए । संस्थाको हालसम्म १ सय ६ शाखामा ९ सय ६ जना कर्मचारी रहेको बैंकले जनाएको छ ।


यसैबीच गरिमा विकास बैंकको साधारण सभाले १३.५ प्रतिशतको ४३ करोड ७२ लाख २३ हजार ७२ रुपैयाँ बोनस सेयरको प्रस्ताव पारित गरेको छ । शनिबार सम्पन्न सभाले करिब ०.७१ प्रतिशतले हुन आउने २ करोड ३० लाख ११ हजार ७ सय ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको अध्यक्ष चन्द्रकान्त बरालले बताए । बैंकको चुक्तापुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ पुगेको छ ।

Advertisement


गरिमा विकास बैंकको साधारण सभाले १३.५ प्रतिशतको ४३ करोड ७२ लाख २३ हजार ७२ रुपैयाँ बोनस सेयरको प्रस्ताव पारित गरेको छ । शनिबार सम्पन्न सभाले करिब ०.७१ प्रतिशतले हुन आउने २ करोड ३० लाख ११ हजार ७ सय ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको अध्यक्ष चन्द्रकान्त बरालले बताए । बैंकको चुक्तापुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ पुगेको छ ।


संस्थाले यस वर्ष पनि उत्कृष्ट शाखा सम्मान गरेको छ । चितवनको मिलनचोक शाखा प्रथम, कास्की पोखरा हेमजाको शाखा दोस्रो र काठमाडौंको लाजिम्पाट शाखा तेस्रो भएको छ । प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ४० हजार र तेस्रो हुनेलाई ३० हजारको साथमा प्रशंसापत्रले शाखा प्रमुख सहितको टिमलाई सम्मान गरिएको थियो । संस्थाको सञ्चित नाफा तथा जगेडा कोषमा चालु आर्थिक वर्षमा ६३ करोड ७५ लाख १० हजार ४ सय ६४ रुपैयाँ छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा २३.१५ प्रतिशतले वृद्धि भएको संस्थाले जनाएको छ ।


संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा ८१ करोड २७ लाख ५० हजार ९ सय ७८ रुपैयाँ सञ्चालन नाफा गरेको छ । कोरोनाले गर्दा यो अघिल्लो वर्षको तुलानमा ६ प्रतिशतले घट्न गएको संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको खुद नाफा भने चालु आर्थिक वर्षमा कोरोनाले गर्दा अघिल्लो वर्षको तुलनामा २.८९ प्रतिशतले घट्न गई हाल ५७ करोड ७२ लाख ५५ हजार ७ सय ६९ रुपैयाँ आर्जन गर्न सफल भएको सिइओ गोविन्द ढकालले जनाए ।


संस्थाको निष्क्रिय कर्जा अनुपात पनि कोरोनाले गर्दा केही प्रभावित भएको छ । २०७५/०७६ मा ०.२० प्रतिशत निष्क्रिय कर्जा रहेकोमा यस वर्ष भने ०.८७ प्रतिशतले बढ्न गएको उनले जानकारी दिए । संस्थाले जोखिमलाई न्यूनीकरण गर्न विविधीकरणको सिद्धान्तको आधारमा कृषि, पर्यटन, उद्योग, व्यवसाय लगायत धेरै क्षेत्रमा लगानी गरेको कम्पनी सचिव माधवप्रसाद उपाध्यायले बताए ।

तपाईको प्रतिक्रिया