सहायक स्तरका कर्मचारीलाई तालिम

समाधान संवाददाता २०७७ फागुन २० गते १३:००

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजनामा गण्डकी प्रदेशभित्र संघ, प्रदेश र स्थानीयतहमाकार्यरत सहायक स्तरका कर्मचारीका लागि ३० दिने कार्यालय सञ्चालनतथाव्यवस्थापन तालिम बुधबार सुरु भएको छ । तालिम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकार कर्मचारीको क्षमता विकासका सन्दर्भमा संवेदनशील रहेको बताए । उनले यसका लागि ऐन तर्जुमा गरी सातै प्रदेशमा सबैभन्दाप हिले प्रशिक्षण प्रतिष्ठानको स्थापना गरेको उल्लेख गरे । कर्मचारीतन्त्र स्थायी सरकार भएकाले प्रभावकारी सेवा प्रवाह र शुसासन प्रवद्र्धनमा कर्मचारीको भूमिका रहने उनको भनाइ छ ।

Advertisement

संघीयतका सवालमा जनप्रतिनिधि र कर्मचारीलाई अझै प्रशिक्षित गर्नुपर्ने आवश्यकता उनले औंल्याए । प्रमुख सचिव विष्णुप्रसाद नेपालले प्रतिष्ठानले स्थापनाको छोटो समयमै कर्मचारीको क्षमता अभिवृद्धिका लागि छोटो तथा लामो अवधिका तालिम आयोजना गर्र्न सफल भएकोमा बधाई दिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रतिष्ठानले आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा १ हजार २ सयभन्दा बढी कर्मचारी र जनप्रतिनिधिलाई तालिम दिएको जानकारी दिए ।

Advertisement

सेवाकालीनतालिममा गण्डकी प्रदेशमा कार्यरत संघका राजपत्र अनंकित प्रथम तथा द्वितीय श्रेणी र प्रदेश तथा स्थानीयतहका पाचौं तथा चौथो तहका ६१ कर्मचारीको सहभागिता छ ।

तालिमले सहायकस्तरका कर्मचारीको क्षमताविकास गरी उनीहरुको कार्यसम्पादनमा सुधार गर्दै प्रभावकारी सेवाप्रवाहमा योगदान गर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया