मुस्ताङमा विपद उद्धारको नमुना प्रदर्शन

समाधान संवाददाता २०७७ फागुन २४ गते ८:४०

समाधान संवाददाता, जोमसोम

मुस्ताङ जिल्ला अस्पतालले शनिबार पहिलोपटक विपद उद्धार तथा व्यवस्थापन सम्बन्धी नमुना प्रदर्शन गरेको छ ।

जिल्ला अस्पतालको संयोजन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा अस्पतालले विपद उद्धारको कौशल देखाएको अस्पतालले जनाएको छ ।

Advertisement

भैपरि आउने सम्भावित सवारी दुर्घटनाका घाइतेहरुलाई कसरी उपचारमा सहयोग गर्ने भन्नेबारे नाटकीय डेमो शो गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार अस्पताल व्यवस्थापनको कार्यदक्षता, पूर्वाधार, औषधि, उपकरणको प्रयोग र स्वास्थ्य जनशक्ति लगायतको कार्यसम्पादन जाँच्न डेमो गरिएको हो ।

Advertisement

अस्पतालका मेसु शिव भण्डारीले सम्भावित विपदको सहज व्यवस्थापन स्वरुप पूर्व सर्तकता अपनाउन नाटकीय डेमो आयोजना गरिएको बताए । सवारी साधन दुर्घटना भइहाले घाइतेलाई कसरी उपचारमा सहयोग पु¥याउन सकिन्छ भन्ने डेमो देखाइएको थियो ।

गम्भीर, मध्यम र सामान्य घाइतेको वर्गीकरण गरेर उपचार गर्ने अभ्यास गरिएको सहायक प्रजिअ जगदीश अर्यालले जानकारी दिए । उनले डिमोबाट अस्पतालको जनशक्ति, एम्बुलेन्स, चिकित्सक, पूर्वाधार र उपकरण लगायत प्रयोगमा स्रोतसाधनको पहिचान गरिएको बताए ।

दरबन्दी अनुसारको जनशक्ति उपलब्ध नहुँदा सेवामा प्रभावकारिता आउन नसक्ने अस्पतालले जनाएको छ । अस्पतालले दरबन्दी अनुसारको कर्मचारी भए कुनै पनि बेला हुने सम्भावित विपदमा अस्पताल दिने सेवामा कमी नहुने प्रष्ट्याएको छ ।

तपाईको प्रतिक्रिया