घरेलु तथा साना उद्योग महासंघ कास्कीमा बलराम

समाधान संवाददाता २०७७ फागुन २८ गते ११:३४

समाधान संवाददाता, पोखरा

नेपाल घरेलु तथा साना उद्योग महासंघ कास्कीको १३औ वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन भएको छ ।

अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालको लागि अध्यक्ष बलराम गौतम, वरिष्ठ उपाध्यक्ष भानुभक्त भण्डारी, उपाध्यक्ष भरतमणि पाठक, महिला उपाध्यक्ष बृन्दा सुवेदी महासचिव पुष्पराज पौडेल, कोषाध्यक्ष गणेश श्रेष्ठ छन् ।

Advertisement

महासंघको कार्य समितिको सदस्यमा चुडामणि बराल, लक्ष्मीसिंह केसी, ज्योति अधिकारी, कल्पना तिमल्सिना, शम्भुनाथ योगी,कुबेर राई,डुनाराम न्यौपाने, जनकराज सुवेदी, भोलानाथ पोखरेल, रुक्मागत भण्डारी रहेका अध्यक्ष बलराम गौतमले जानकारी दिए ।

नेपाल घरेलु तथा उद्योग महासंघ कास्कीको महिला उद्यमी समिति समेत गठन गरिएको छ । महिला समितिका अध्यक्ष बृन्दा सुवेदी, वरिष्ठ उपाध्यक्ष वशन्ती केसी, उपाध्यक्ष सुन्ती पुर्जा, महासचिव निरु पराजुली,कोषाध्यक्ष शान्ता पौडेल छन् । कार्य समितिको सदस्यमा सुष्मामाया पौडेल, कल्पना तिमिल्सिना, ज्योति अधिकारी, मधु पुरी छन् ।

Advertisement

नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्याम गिरीले २०४७ सालमा स्थापना भएको महासंघको ७७ जिल्लामा शाखा सञ्जाल भएको जानकारी दिए । उनले महासंघ पालिका स्तरमा समेत शाखा गठन गर्ने बताए । अध्यक्ष गिरीले महासंघले उद्यमी व्यवसायीको हक हितका अलवा व्यवसाय प्रर्वद्धनात्मक कार्यक्रम गर्ने उल्लेख गरे ।

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष हरिहर थापा, केन्द्रीय कोषाध्यक्ष सत्यनारायण प्रजापति, केन्द्रीय सदस्य माधव पराजुली, प्रदेश उपाध्यक्ष कृष्णप्रसादश्रेष्ठ, महिला उद्यमी प्रदेश संयोजक मिना पराजुली, सदस्य चिनु गुरुङ, कास्कीका अध्यक्ष महाप्रसाद सुवेदी, वरिष्ठ उपाध्यक्ष सुवास सिग्देल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया