आचार्यको नेतृत्वमा समानान्तर कमिटी

समाधान संवाददाता २०७७ चैत १९ गते ११:४४

पोखरा

नेकपा एमाले खनाल(नेपाल समूहले कास्कीमा समानान्तर कमिटी बनाएको छ ।

धनराज आचार्यको अध्यक्षतामा खनाल(नेपाल समूहले समानान्तर कमिटी घोषणा गरेको हो । सचिवमा होमबहादुर नेपाली चुनिएका छन् ।

Advertisement

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितीमा खनाल(नेपाल समूहले समानान्तर कमिटी गठन गरेको हो ।

जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा नेता नेपालसहित नेताहरु सुरेन्द्र पाण्डे लगायतको उपस्थिती थियो ।

Advertisement

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि खनाल(नेपाल समूहले समानान्तर कमिटी बनाउने घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया