अविश्वास पक्षधर सांसद रिसाेर्टमा थुनिए

समाधान संवाददाता २०७८ वैशाख १४ गते ११:४६

समाधान संवाददाता, पाेखरा ।

आफ्नै सांसदकाे भूमिका प्रति आशंका गर्दै गण्डकी प्रदेश सभा प्रतिपक्ष दलका सांसदहरुलाई एउटै रिसाेर्टमा थुनिएकाे छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गर्ने ३ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुलाई साेमबार साँझदेखि पाेखराकाे लेकसाईड स्थित रिसाेर्टमा राखिएकाे छ ।

Advertisement

एक जना सांसदले मात्र फ्लाेर क्रस गरे वा अनुपस्थित भएपनि गुरुङ सरकार जाेगिने सम्भावना भएकाले कसैलाई पनि दाया बाँया हुन नदिन एक साथ रिसाेर्टमा राखिएकाे नेताहरुले बताएका छन् ।

कांग्रेस र माओवादी केन्द्रका सांसदहरु लेकसाइडस्थित कुटी रिसोर्टमा राखिएकाे छ भने जसपाका २ जना देशसभा सदस्यहरुलाई कुटी नजिकैको अर्को एक होटलमा राखिएकाे छ ।

Advertisement

उनीहरुलाई अविश्वासकाे पक्षमा मतदान नगरुन्जेलसम्म नै रिसाेर्ट मै राखिने बताइएकाे छ ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य दीपक कोइरालाले अविश्वास प्रस्ताव अत्यधिक मतका साथ पारित गर्ने विषयमा छलफल गर्न एकै ठाउँ भेला भएको बताएका छन् ।

छिमेकी मुलुक भारतमा सांसद चारिने डरले यसाे गरिने चलन भए पनि नेपालमा भने याे नयाँ प्रयाेग हाे ।

कांग्रेसका सांसदले फ्लाेर क्रस गर्ने वा अनुपस्थित हुने सम्भावना नभएपनि माओवादी सांसदहरु शंकाकाे घेरामा छन् । खास गरेर माओवादीमा रामबहादुर थापा बादल पक्षधर भनिने सांसदहरु बढी शंकाकाे घेरामा छन् ।

त्यसैले उनीहरुलाई दाया बाँया हुन नदिनका लागि रिसाेर्टमा थुनिएकाे हाे । माओवादीका सांसदलाई मात्र एक्लै रिसाेर्टमा राख्दा गलत संदेश जान सक्ने भएकाले कांग्रेसका सांसदलाई पनि संगै राखिएकाे एक कांग्रेस नेताले बताए ।

हाम्रा साथीहरु प्रति शंका हाेईन, माओेवादीका सांसदलाई तल माथि हुन्छन् कि भनेर एकै ठाउमा राखिएकाे हाे–उनले समाधानसँग भने ।

रिसाेर्टमा राखिएका प्रदेश सांसद भेट्न प्रस्तावित मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मंगलबार बिहानै रिसाेर्ट पुगेका थिए ।

तपाईको प्रतिक्रिया