पोखराका २ सहित ३ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७८ वैशाख २५ गते १३:१४

समाधान संवाददाता, पोखरा

गण्डकीमा थप ३ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार पर्वतका १ र कास्कीका २ संक्रमितको मृत्यु भएको हो ।

पर्वत कुश्मा नगरपालिका १ का ४० वर्षीय पुरुष संक्रमितको शुक्रबार बेलुका सवा ५ बजे मेडिप्लस अस्पताल, पोखरामा मृत्यु भएको हो । ७ वैशाखमा कोरोना संक्रमण पुष्टि भएका उनमा गम्भिर निमोनिया थियो ।

Advertisement

पोखरा १३ की ४८ वर्षीया संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । १३ गते संक्रमण देखिएकी उनमा निमोनियाको समस्या थियो ।

शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएका पोखरा १० का ८१ वर्षीय पुरुष संक्रमितको शुक्रबार बेलुका मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

Advertisement

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

तपाईको प्रतिक्रिया