सरकारले ल्यायो चीनबाट १८ हजार अक्सिजन सिलिन्डर

समाधान संवाददाता २०७८ जेठ २ गते १२:५१

काठमाडौँ ।

सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याएएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् ।

उपप्रधानमन्त्री तथा कोभिड(१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्‍वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए । तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ ।

Advertisement

सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।

यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाईड बडी विमानले ल्याउँदैछ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो ।

Advertisement

शनिबार मात्र ओमानबाट गैरआवासीय नेपाली स‌घको सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो । कोभिडका सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्‍न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो । रासस

फाइल तस्बिर

तपाईको प्रतिक्रिया