प्यालेष्टाइन र इजरायलकाे परिस्थितिलाई खुकुलो पार्न चीनको अमेरिकालाई आग्रह

समाधान संवाददाता २०७८ जेठ ५ गते १९:४१
बेइजिङ, रासस÷सिन्ह्वा

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले हालै प्यालेष्टाइन र इजरायल समस्याबारे चर्चा गर्दै अमेरिकाले सुरक्षा परिषद्को सम्बद्ध कुटनीतिक गतिबिधिमा अवरोध नगरेको दाबी गर्नुभएको छ । इजरायल र प्यालेस्टाइनबीच एक सातदेखि भएका द्वन्द्वका कारण २१५ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले बुधबार इजरायल–प्यालेटिाइन विषयबारे चर्चा गर्दै अमेरिकाले आफ्नो भनाइ र गराइ एउटै राख्न तथा ठूलो मुलुकको आवश्यक कर्तव्य बहन गरी प्यालेष्टाइन र इजरायल बीचको तनावपूर्ण परिस्थितिलाई खुकुलो पार्न, विश्वासिलो वातावरण निर्माण गर्न र राजनीतिक तवरले समस्याको समाधान गर्न वास्तविक भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ ।

उहाँले अमेरिका इजरायल–प्यालेटाइन द्वन्द्व अन्त्यका लागि खुलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । हाल चीनका परराष्ट्र मन्त्री वाङ यीले प्यालेष्टाइन र इजरायल समस्यासम्बन्धी आपत्कालीन सम्मेलनमा तनावपूर्ण स्थितिलाई निकास दिनका लागि चीनको तर्फबाट एक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया