कुन कुन स्थानमा छ भारी वर्षाको सम्भावना ?

समाधान संवाददाता २०७८ जेठ १२ गते ७:१४

काठमाडौँ – देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली रही धेरै ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीमा रहेको यास नाम गरेको चक्रवातको आंशिक प्रभाव नेपालमा रहेको छ।

अहिले प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली भएको छ । बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

Advertisement

बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ।

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Advertisement

प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमाली र उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैगरि राति प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुमा एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, बागमती र प्रदेश १ का हिमाली र उच्च पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

तपाईको प्रतिक्रिया