नेपालीलाई प्रेस युनियन अवार्ड

समाधान संवाददाता २०७८ जेठ १३ गते ८:२५

पोखरा, १२ जेठ
नेपाल प्रेस युनियन कास्कीले उत्कृष्ट सदस्य अवार्ड – २०७७ कार्यसमिति सदस्य विजय नेपालीलाई प्रदान गर्ने भएको छ ।

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रदान गरिने यो अवार्ड गत वर्षदेखि सुरु गरिएको हो । अवार्डको राशि नगद ५ हजारसहित दोसल्ला र प्रशंसापत्र छ ।
कार्यसमितिका सदस्यमध्ये संस्थागत गतिविधिमा सक्रिय सहभागिता जनाउनेलाई यो अवार्ड प्रदान गरिने अध्यक्ष नवीन सिग्देलले बताए । कार्यसमितिका सदस्यलाई प्रोत्साहन गर्न अवार्डको व्यवस्था गरिएको उनको भनाइ छ ।

हिमदूत दैनिकबाट पत्रकारिता सुरु गरेका पत्रकार नेपाली पोखराका क्रियाशील पत्रकार हुन् ।उनी हाल ढोरपाटन दैनिक रनेपाल समाचारपत्रमा कार्यरत छन् ।

Advertisement

कार्यसमितिको दोस्रो बैठकले उत्कृष्ट सदस्य अवार्डका लागि कार्यमूल्यांकनका आधारमा सदस्य छनोटको अधिकार अध्यक्ष सिग्देललाई दिएको थियो ।

यसअघि सो अवार्ड कार्यसमिति सदस्य अनिषा श्रेष्ठलाई प्रदान गरिएको थियो । कोरोना महामारीका कारण अवार्ड हस्तान्तरण कार्यक्रम भने पछि उपयुक्त समयमा गरिने सचिव प्रदीप पौडेलले जानकारी दिए । प्रेस युनियनको स्थापना दिवस जेठ १३ गते हो ।

Advertisement

तपाईको प्रतिक्रिया