विहारले दियो ३० लाखको स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७८ जेठ २१ गते ८:०५

बधीसत्व विहारबाट प्राप्त २० वटा अक्सिजन कन्सन्टे«टर सामुदायिक अस्पताल सहित कास्कीका पालिकाहरुलाई

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका वडा नम्बर २२ को स्वास्थ्य चौकीदेखि गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालसहित केही संघसंस्थालाई करिब ३० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

Advertisement

काठमाडौंको बोधीसत्व विहार र सामाजिक अभियन्ता शान्त शर्माको विशेष पहलमा पोखरामा आएको २० थान अक्सिजन कन्सन्टेटर सहितको करिब ३० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री बिहीबार वितरण गरिएको पोखरा संयोजक एवं पत्रकार दीननाथ बरालले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पताल, कोभिड अस्पताल पोखरा—२७, कास्कीका चार गाउँपालिका, पत्रकार महासंघ कास्की, फोटो पत्रकार महासंघ गण्डकी प्रदेश सहितका विभिन्न संघ संस्थालाई प्राप्त स्वास्थ्य सामग्री वितरण गरिएको बरालले सुनाए । कास्कीको माछापुच्छ«े गाउँपालिका बाहेक रुपा, अन्नपूर्ण र मादी गाउँपालिकालाई शुक्रबार स्वास्थ्य सामग्री वितरण गरिने भएको संयोजक बरालले जनाए ।

Advertisement

पोखराका तीन सामुदायिक अस्पताललाई १० लिटरको २÷२ र ५ लिटरको ३÷३ वटा गरी ५÷५ वटा अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको संयोजक बरालले बताए । तीन सामुदायिक अस्पताललाई एक÷एक सय पिपिई सेट, एक÷ एक काटुन औषधि, मास्क, सेनिटाइजर, ट्वाइलेट क्लिनर, फिनेल, ह्याण्डवास, फेससिल्ड, अक्सोमिटर लगायत स्वास्थ्य सामग्री रहेको उनले जनाए ।

पोखरा महानगरका मेयर मानबहादुर जिसी, प्रतिष्ठानका निर्देशक डा.भरत खत्री, प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बराल, शंक्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा.विकास गौचनलाई उक्त स्वास्थ्य सामग्री संयोजक दीननाथ बराल, सामाजिक बाल अभियन्ता पे्रन्सा रेग्मी, पोखरेली युवा व्यवसायी श्याम शेरचनले हस्तान्तरण गरेका थिए ।

कास्कीको माछापुच्छ«े गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडी, पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बराल, पोखरा २२ स्वास्थ्य चौकीका अहेव विदुर रेग्मी, पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी, फोटो पत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

कास्कीको अन्नपूर्ण, रुपा र मादी गाउँपालिकालाई जनही ५ लिटरको अक्सिजन कन्सन्टे«टर सहितको स्वास्थ्य सामग्री शुक्रबार वितरण गरिने भएको छ । कास्कीका ४ गाउँपालिकालाई एक÷एक थान ५ लिटरको अक्सिजन कन्सन्टेटर सहितको स्वास्थ्य सामग्री वितरण गरिने भएको छ भने वडा कार्यालयलाई औषधी सहितको स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

काठमाडौंबाट पोखरासम्म दुई वटा मिनी ट्रक गाडीमा उक्त सामान ल्याउने व्यवस्था भने सामाजिक अभियन्ता प्रेन्सा रेग्मीले गरेकी थिइन् ।

गरिब दुःखी अशक्तको आहारा मास्टर उनै हुन सहारा भन्ने नारा साथ मास्टर्सको पहलमा नेपालमा यस वर्ष करिब १३ करोड भन्दा बढी मूल्यका स्वास्थ्य सामग्री भित्रिदै गरेको नेपाल संयोजक शान्त शर्माले बताए ।

उनका अनुसार पहिलो चरणको कोरोनाको समयमा बुद्ध गुरु मास्टर्स र बोधीसत्व विहारबाट करिब ५ करोड मूल्य बराबरको स्वास्थ्य सामग्री नेपालमा वितरण भएको थियो ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले संक्रमणका बेला पत्रकार बरालले गरेको पहलमा स्वास्थ्य सामग्री कास्की क्षेत्रका सामुदायिकदेखि स्थानिय निकायलाई सहयोग गर्न प्राप्त हुनु निकै ठूलो उपलब्धि भएको बताइन् ।

पोखराका चिकित्सकहरुले कोरोना महामारीमा प्राप्त उक्त अक्सिजन कन्सन्टे«टर सहितको स्वास्थ्य सामग्रीले यस क्षेत्रका कोरोनाका बिरामीको लागि ठूलो उपलब्धि हुने विश्वास व्यक्त गरेका छन् ।

पोखराका मेयर मानबहादुर जिसीले प्राप्त स्वास्थ्य सामग्रीलाई आवश्यकताको आधारमा प्रयोग गर्ने बताउँदै महामारीका बेला निजी क्षेत्रको समेत सहकार्य आवश्यक भएको बताए ।

नेपालकै कानुन अनुसार अघि बढ्न खोज्दा कानूनी झन्झटिलो प्रक्रियाले धेरै काम गर्न चाहेर पनि हुन नसकेको दाबी गरे । पोखरा २७ का वडा कार्यालयमा आफूहरुले चुनौती मोलेरै १० दिनमा एक सय बेडको आइसुलेसन सहितको शिशुवा कोभिड उपचार केन्द्रको अस्पताल संचालन गरेको मेयर जिसीले जनाए ।

प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले पानी परेपछि मात्र छाता खोज्ने संस्कारले गर्दा नेपालको स्वास्थ्य क्षेत्र कमजोर व्यवस्थापनले गर्दा महामारीमा मानिसहरुलाई उचित स्वास्थ्य सेवा दिन कठिन हुने गरेको जनाए ।

उनले भने ‘स्वास्थ्य क्षेत्रमा अब पत्रकारहरुले पहिले नै जागरुक पार्दै लगानी गर्ने वातावरण गर्नुप¥यो, कोभिडले सरकारलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न बल्ल सचेत गराएको छ ।’

संक्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा. विकास गौचनले जबसम्म सामुदायिक अस्पताललाई प्रभावकारी बनाउन सकिँदैन तवसम्म स्वास्थ्य क्षेत्रबाट गरिब तथा मध्यम वर्गले निजी अस्पतालमा चर्को मूल्यले तिर्नुपर्ने बाध्यता हुने दाबी गरे ।

करिब ३०÷४० वर्षअघि पुरानो प्रणाली भएकाले नेपालको स्वास्थ्य क्षेत्र कमजोर भएको उनको दाबी छ । नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा भएको कार्यक्रमको सञ्चालन पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडीले गरेका थिए ।

तपाईको प्रतिक्रिया