१४ कर्मचारीको बढुवा, २९ को ग्रेडवृद्धि

समाधान संवाददाता २०७८ असार १९ गते ९:१६

समाधान संवाददाता, पोखरा

पुतलीबजार नगरपालिकाका स्थानीय तहका ४३ कर्मचारीमध्ये १४ जनाको बढुवा भएको छ भने २९ जनाको ग्रेडवृद्धि भएको छ । पालिकाको नवौं सभाले पारित गरेको कर्मचारी व्यवस्थापन ऐन २०७८ मा भएको व्यवस्था अनुसार बढुवा र ग्रेडवृद्धि गरेको हो ।

बढुवा हुनेहरुमा आठौं तह र सातौं तहमा १÷१ जना, छौटौं तहमा ३ जना र पाचौं तहमा ९ कर्मचारीको वढुवा भएको छ । यसरी बढुवा हुने कर्मचारीमध्ये आठौं तहमा ताराचन्द्र ढकाल, सातौं तहमा कपिल गिरी, छौटौं तहमा अरुण पौडेल, मनि राना र पोमनारायण पराजुली छन् ।

Advertisement

पाँचौं तहमा बढुवा हुनेमा राजेश पुरी, नरबहादुर पराजुली, दीपकजंग केसी, चन्द्रबहादुर कार्की, हरिलाल ढकाल, हिमकान्त रेग्मी, कुलप्रसाद मरासिनी, राजु रेग्मी र यमबहादुर मल्ल छन् । पाचौं तहमा बढुवा हुने पुरी र पराजुलीबाहेक अरु वडा कार्यालयका कर्मचारी हुन् ।

पालिकाले ७ वर्षदेखि अधिक्तम १५ वर्षसम्म सेवा गरेका कर्मचारीको वढुवा गरिएको छ । लामो समयसम्म कार्यरत भई बढुवा हुन नसकेका कर्मचारीको पनि ग्रेडवृद्धि भएको छ ।

Advertisement

पुतलीबजारकी प्रमुख सिमाकुमारी क्षेत्रीले कर्मचारी र जनताको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताईन् ।

नगर प्रमुख क्षेत्रीले कर्मचारीलाई भन्दा सेवाग्राहीलाई सन्तुष्ट राख्न अनुरोध गरिन् । उनले जनप्रतिनिधि र कर्मचारीको भन्दा पालिकाको चर्चा हुने गरी सेवाग्राहीको काम गर्न कर्मचारीलाई आग्रह गरिन् ।

कार्यक्रममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, योजना अनुगमन तथा प्रशासन शाखा प्रमुख ताराचन्द्र ढकाल, शिक्षा शाखा प्रमुख बाबुराम बराल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया