संक्रमित बढ्दै, २४ घण्टामा २ हजार ९७९ जनामा कोरोना पुष्टि

समाधान संवाददाता २०७८ असार २३ गते १९:५८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ८३५ जनाको पीसीआर परीक्षणबाट २ हजार ७७ र ४ हजार ६३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०२ जना गरी जम्मा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो १५ जनाले ज्यान गुमाएका थिए । मृतकको संख्या पनि आज बढेको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ३३३ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया