सर्पको टोकाइबाट बालिकाको मृत्यु

समाधान संवाददाता २०७८ असार २६ गते ११:५५

सर्पकाे टाेकाइबाट एक जनाकाे मूत्यु भएकाे छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्वण) को गैँडाकोटमा सर्पको टोकाइबाट ज्यान गएको छ । सर्पको टोकाइबाट शुक्रवार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो ।

राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बिहान ५ बजेको समयमा अस्पताल पुर्‍याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको बताए ।

Advertisement

भुजेल गाउँमा केही दिन अगाडि मात्रै सर्पको डसाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाएका थिए ।रासस

Advertisement

तपाईको प्रतिक्रिया