विप्लव नेता हेमन्तप्रकाशलाई रिहा गर्न सर्वोच्चको आदेश

समाधान संवाददाता २०७८ असार ३१ गते १८:१५

विप्लव समूहका नेता हेमन्तप्रकाशलाई रिहा गर्न सर्वोच्चको आदेश विप्लव नेता हेमन्त वलीलाई रिहा गर्न सर्वेच्च आदलतले आदेश दिएको छ ।

नख्खु जेलमा रहेको उनलाई न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई छोड्न आदेश दिएको हो । अस्पतालमा उपचाररत भएकोले थुनामै रहेर मुद्दा पुर्पक्षमा लगाउनु मानवीय दृष्टिले अमिल्दो हुने भन्दै सर्वोच्चले छोड्न भनेको हो ।

एनसेलको कार्यालयमा भएको विष्फोटनमा संलग्नलगायत करिब एक दर्ज मुद्दा दर्ता गरिएको छ । एनसेल घटनामा एक सुरक्षा गार्डको ज्यान गएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया