लेखनाथ उद्योग वाणिज्य संघ चुनाव

अग्रजको पथ, समकालीनको सम्मान : विनोदकुमार श्रेष्ठ

भीमपाणि बराल २०७८ असोज १ गते १९:१६

लेखनाथ उद्योग वाणिज्य संघको भावी अध्यक्षको दाबेदार मानिने वरिष्ठ उपाध्यक्षका लागि विनोदकुमार श्रेष्ठले भरतकुमार अधिकारीसँग प्रतिश्पर्धा गर्दै छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठ आफूलाई पूर्व अध्यक्षहरुको साथ र सहयोग रहेको बताउँछन् । पूर्वजले देखाएको बाटोमा नयाँ व्यवसायीको चाहनालाई आत्मसात् गदै अघि बढ्ने उनले बताए ।

श्रेष्ठले ‘संघको पहिचान, स्वच्छ प्रतिष्पर्धा र उद्योगी व्यवसायीको सम्मान’ भन्ने नारा लिएका छन् । संघमा ३ कार्यकाल कार्यसमिति सदस्य, १ कार्यकाल द्वितीय उपाध्यक्ष रहेका उनी वर्तमान प्रथम उपाध्यक्ष हुन् ।


मतदाता व्यवसायीसँगको भेटघाट व्यस्त रहेका श्रेष्ठले साना व्यापारीलाई कसरी सफल, आत्मनिर्भर र व्यवसायिक बनाउने भन्ने नै आफ्नो चुनावी एजेन्डा भएको उल्लेख गरे । आफू विजयी भएमा कृषिलाई पर्यटनसँग जोडेर व्यवसायीकरण गर्ने, विभिन्न तालिम, सेमिनार र गोष्ठीको आयोजना गरी व्यवसायीको क्षमता अभिवृद्धि गर्ने, महिला उद्यमीका लागि बिनाधितो व्यवसाय कर्जाका लागि पहल गर्ने लगायतका आश्वासन दिएका छन् ।

Advertisement


कृषि उत्पादनमा बिचौलियाका कारण कृषकले उचित मूल्य पाउन नसकेको बताउँदै श्रेष्ठले संघले सञ्चालन गरेको कृषि उपज खरिद बिक्री केन्द्रमार्फत उत्पादनको उचित मूल्य दिलाउने र उपभोक्ताले पनि सुपथ मूल्यमा गुणस्तरीय वस्तु पाउने व्यवस्था मिलाउन पहल गर्ने बताए । संघलाई सहमतिकै आधारमा अघि बढाउने उल्लेख गर्दै उनले महत्वकांक्षी नबनी व्यवसायी, उद्योगी मैत्री नीतिका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

Advertisement

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया