लेखनाथ उद्योग वाणिज्य संघ चुनाव

इतिहास रच्न मैदानमा छुः जानुका अधिकारी

भीमपाणि बराल २०७८ असोज १ गते १९:४३

संघको इतिहासमा नै पहिलो पटक महिलाबाट पदाधिकारी बनेकी जानुका अधिकारी फेरि नयाँ इतिहास बनाउने होडमा छिन् । उपमहासचिवकी आकांक्षी उनी १ कार्यकाल सदस्य र वर्तमान कोषाध्यक्ष हुन् ।


उनी ‘व्यवसायिक नेतृत्व, लैंगिक समानता, आजको आवश्यकता’ भन्ने नाराका साथ उनी चुनावी मैदानमा छिन् । समग्र लेखनाथका उद्योगी, व्यवसायीको हकहितका लागि काम गर्दै संघको दिगो विकास र सञ्चालनमा सक्षम, इमान्दार र कर्मशील व्यक्तिलाई नेतृत्वमा पु¥याउन उनले आग्रह गरिन् । स्नातकोत्तर गरेकी उनी महिला उद्योगी, व्यवसायीका सवाललाई पनि स्थापित गर्न पहल गर्ने बताउँछिन् ।

Advertisement

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया