गुडिया र सजाव सामग्री बनाउन सिकाइयो

समाधान संवाददाता २०८१ वैशाख १९ गते १३:१३

पोखरा ।
पोखरा महानगरपालिका १४ नं. वडा कार्यालयका अध्यक्ष बोधबहादुर कार्कीले तालिम र सीप सिकेपछिको समयलाई आयआर्जनमा जोडेर फाइदा लिन आग्रह गरेका छन् ।


महिलाका लागि १५ दिने गुडिया तथा सजावटका सामग्री निर्माण तालिमको समापनका क्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै कार्कीले भने फुर्सदको समयमा उत्पादन गरेका चिज खेर गएन भने फाइदा व्यक्तिलाई नै हुने जनाए ।

आफूले सिकेकोसीसपलाई सामूहिक रूपमा उद्यम गरी उत्पादनमा जोडिने महिला समूहलाई वडा कार्यालयले मेसिन उकरण सहयोग गर्ने काकीले बताए ।

Advertisement


विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवं मुख्य प्रशिक्षक सविता श्रेष्ठले प्रशिक्षार्थीले बनाएका सामग्री सिधै बजारमा पुर्‍याउन लायक भएकाले प्रत्यक्ष रोजगारीमा जोडन २५ जनालाई थप १५ दिन तालिम दिने बताइन् ।

श्रेष्ठले सीप सिक्दासिक्दै रोजगारमा आवद्ध हुनु र उत्पादन गरेका सामग्री अब्बल भई बजार पाउनुले तालिमको औचित्य पुष्टि भएको जनाइन् ।

Advertisement


आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत् रोजगार नाराका साथ गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडाले गुडिया तथा सजावटका सामग्री निर्माण तालिमको समापन कार्यक्रममा वडा सदस्यहरू दिलमाया गुरुङ, कृष्णहरि काफ्ले र गोपालप्रसाद सापकोटा, नारी कल्याण आमा समूहकी अध्यक्ष सिर्जना पोखरेल, सामाजिक अभियन्ता रामचन्द्र कार्की लगायतकाले प्रशिक्षार्थीलाई सिकेको सीप व्यावहारमा उतार्न आग्रह गरेका थिए ।


प्रशिक्षार्थी कविता परियार विक र अस्मिता परियाले आफ्नो अनुभव सुनाउँदै भने, ‘गिटी बालुवा बोकेर जीवन चलाएका हामीहरूले तालिम लिएर सीप सिक्ने अवसर पायौँ, अबको जीवन सहज हुने आशा राखेका छौँ ।’


गत चैत्र २८ गतेदेखि वैशाख १६ गतेसम्म वडा कार्यालयले ६० घण्टाको गुडिया तथा सजावटका सामग्री बनाउने तालिम दिएको थियो । हस्तकला तालिममा वडाभित्रबाट छनोट भएका ३० जना प्रशिक्षार्थीको सहभागिता थियो । तालिम अवधिमा प्रशिक्षार्थीले विभिन्न प्रकारका गुडिया र सजावटका सामान बनाएका थिए ।


वडा सदस्य एवं तालिम संयोजक तनुजा थापा सिकेको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षार्थी रिना परियारले प्रतिवेदन र रीता विकले मूल्यांकन प्रस्तुत गरेकी थिइन् । कर्मचारी नानु लामिछानेले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया