मुग्लिङ कार दुर्घटना अपडेट

टुक्रा टुक्रा कार, अप्ठेराे ठाउँ, उद्धारमा कठिनाई

समाधान संवाददाता २०७८ असोज ८ गते १४:३९

पाेखरा । पृथ्वी राजमार्गको मुग्लिननजिक दुर्घटनामा बेपत्ता भएका पाेखराका ३ जनाकाे खाेजी कार्य जारी भएपनि उनीहरु मध्ये काेही पनि फेला परेका छैनन् ।

बिहीबार राति पाैने १२ बजे चितवनकाे इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ग२च ४९१८ नम्बरको कार त्रिशूलीमा खसेको हो । साे कार च्याम्बर अफ कमर्श कास्कीका बरिष्ठ उपाध्यक्षा एवं सामाजिक व्यक्तित्व प्रेम भुजेलले चलाएका थिए भने कारमा थप ३ जना सवार थिए । ती मध्ये अघिल्लाे सिटमा बसेका पाेखरा १७ का रुद्रलाल सुवेदी कारबाट बाहिर उछिट्टिएका कारण सामान्य घाइते छन् भने प्रेमसहित पाेखरा १७ कै लेखबहादुर भुजेल र इश्वरी भुजेल वेपत्ता छन् ।

दुर्घटना भएलगत्तै शसस्त्र प्रहरी बल र नेपाल प्रहरीका उद्दारकर्मी रातीबाटै उद्दारमा खटिएका थिए । उद्दारमा खटिएका प्रहरी निरीक्षकले दिएकाे जानकारी घटनास्थलदेखि त्रिशुली नदी किनारसम्म गाडीका टुक्रा टुक्रा फेला परेका छन् भने गाडीकाे मुख्य बाेडी त्रिशुली नदीमा डुबेका छ ।

Advertisement

वर्षायामकाकारण नदी बढेकाले पनि खाेजी कार्यमा कठिनाई आएकाे छ । च्याम्बर अफ कमर्श गण्डकीका अध्यक्ष किसान सुनारले प्रहरीलाई उध्दृत गर्दै दिएकाे जानकारी अनुसार पृथ्विराज मार्गकाे सबै भन्दा कठिन स्थलमा दुर्घटना भएकाले उद्दारमा कठिनाई भैरहेकाे छ ।

पानी धमिलाे भएकाेकारणले गाेताखाेरलाई पनि खाेज्न कठिन भएकाे छ । अब हुक प्रयाेग गरेर गाडीकाे बाेडी खाेज्ने तयारी छ भने राफ्टिङ र कायकहरुकाे पनि प्रयाेग गरेर खाेजी कार्य गर्ने तयारी गरेकाे पनि सुरक्षाकर्मीले बताएका छन् ।

Advertisement

अहिले खाेजी कार्यमा सुरक्षाकर्मीका अलावा स्थानीय पनि जुटेका छन् भने पाेखराबाट पनि ठुलै संख्यामा मानिसहरु दुर्घटनास्थलतर्फ गएका छन् । बेपत्ता भएका व्यक्तिका आफन्त र साथिभाइहरु समेत त्रिशुली किनारमा खाेजीमा जुटेका छन् ।

घाइते रुद्रनाथ सुवेदीलाई भने राती नै उपचारका लागि चितवन पठाइएकाे थियाे । उनकाे अवस्था सामान्य छ ।

तपाईको प्रतिक्रिया