कांग्रेसको १४ औं महाधिवेशन
कांग्रेसको पोखरा समिति निर्वाचनमा १३०० मत खसिसक्यो, साढे ४ बजे मतदान सकिने


पोखरा । नेपाली कांग्रेसको १४ औं को महाधिवेशन अन्तर्गत पोखरा महानगरपालिका कार्यसमिति चयनका लागि शनिबार जारी मतदानमा अहिलेसम्म १३०० मत खसिसकेको छ । मतदान साढे ४ बजेसम्म हुनेछ ।
पोखरा महानगर समिति चयनका लागि मतदाता १३ सय ७० जना छन् । तीमध्ये अधिकांशले भोट खसालेका हुन् । पोखरा नयाँबजार प्रदर्शनी केन्द्रमा शनिबार बिहान साढे ९ बजे मतदान सुरु भएको थियो ।
महानगर समितिको सभापतिका लागि ६ जना उम्मेदवार छन् । उपसभापतिमा पनि त्यति नै छन् भने सचिवमा ३ जनाको उम्मेदवारी परेको छ ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया