८ वर्षपछि मुक्तिनाथ गुरुयोजना अनुमोदन

पुरातत्व विभागले तयार गरेको मुक्तिनाथ गुरुयोजना प्रतिवेदन हस्तान्तरण गर्दै विभागका निर्देशक दामोदर गौतम ।

सुन्दरकुमार थकाली २०७८ असोज ११ गते ८:२८

जोमसोम— हिमाली जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तिर्थ स्थल मुक्तिनाथ मन्दिरको बृहत्तर विकास तथा संरक्षणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पुरातत्व विभागले तयार पारेको मुक्तिनाथ गुरुयोजना संशोधनसहित अनुमोदन गरेको छ ।
पुरातत्व विभागले यसअघि सन् २०१४ मा मुक्तिनाथ मन्दिरको बृहत्तर विकास तथा संरक्षणका लागि मुक्तिनाथ गुरुयोजनाको बिस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो ।

पुरातत्वले त्यस समय मुस्ताङमा आएर सो परियोजना सम्वन्धमा स्थानीय सरोकारवाला निकायलाई जानकारी गराएको थियो । झन्डै ८ वर्ष अघि विभागले तयार पारेको मुक्तिनाथ गुरुयोजना स्थानीय स्तरबाट अनुमोदन भएपछि गुरुयोजना कार्यान्वनको ढोका खुल्ला भएको हो । यद्यपी गुरुयोजना स्थानीय स्तरबाट अनुमोदन नभएको अवस्थामा समेत पुरातत्वले मुक्तिनाथमा केही काम भने अघि बढाएको थियो । लामो समयसम्म मुक्तिनाथ गुरुयोजना अनुमोदन हुन नसक्दा यसको कार्यान्वयमा सुस्ताता छाएको थियोे।


मुक्तिनाथ गुरुयोजनाको बिस्तृत परियोजना प्रतिवेदन तयार भएको ८ वर्षपछि पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम र विभागका ईन्जिनीयर नारायण बोहरासहितको टोली शनिबार मुस्ताङ आएको हो । उनीहरुले साविकको मुक्तिनाथ गुरुयोजनाको बिस्तृत परियोजना प्रतिवेदन सम्वन्धि स्थानीय सरोकारवाला निकायसंग अन्तरक्रिया गरे । कुनै पनि बृहत परियोजना स्थानीय स्तरको साथ र सहयोग बिना सम्भवन नहुने भएकाले विभागको टोली गुरुयोजना प्रतिवेदन स्थानीय स्तरबाटै अनुमोदन गर्ने उद्देश्यले मुस्ताङ आएका हुन् ।मुक्तिनाथ विकास समितिको आयोजनामा भएको सर्वदलिय तथा सर्वपक्षिय भेलाले विगतमा तयार पारिएको प्रतिवेदन संशोधन गर्न मिल्ने गरी पारित गरेको छ । भेलाले मुक्तिनाथको बृहत्तर विकास तथा संरक्षणका लागि गरिने विकास निर्माणका कार्यक्रममा आवश्यकता र औचित्यताका आधारमा प्रतिवेदनमा उल्लेख भएका बुदालाई परिमार्जन गर्ने गरी सर्वसम्मत अनुमोदन गरेको हो ।

Advertisement


पुरातत्वले यसअघि तयार पारेको परियोजना प्रतिवेदन अनुसार मुक्तिनाथक्षेत्रको समग्र विकास र यसक्षेत्रमा निर्माण हुने भौतिक संरचनाको ढाँचालाई पुरातात्विक महत्व प्रतिकुल असर नपर्ने गरी निर्माण गर्ने सहमती भएको छ ।यस्तै,मुक्तिनाथमा कायम रहेको संरचनाको पुरातात्विक महत्वको साथै पुननिर्माण र जिर्णोदार गर्न बान्छनीय भएकाले विभागले तयार गरेको प्रतिवेदनमा हेरफेर गर्न आवश्यक देखिएमा मुक्तिनाथ विकास समितिको सिफारिसमा विभागले संशोधन गर्ने जनाईएको छ।


सर्वदलिय तथा सर्वपक्षिय भेलाले गुरुयोजना कार्यान्वयनको क्रममा कुनै प्रकारको समस्या र चुनौती उत्पन्न भएमा मुक्तिनाथ विकास समितिको सल्लाहाकार समिति,संरक्षणविद ,स्थानीय तह र स्थानीय सरोकार नागरिक समेतको समन्वयमा आवश्यक निर्णय लिने सहमती भएको गरिएको छ । सहमतीमा मुक्तिनाथ मन्दिर ,मुक्तिक्षेत्र र समग्र मुस्ताङको ऐतिहासिक ,धार्मिक,सांस्कृतिक सम्पदाको संरक्षण तथा विकास गरी विश्व सम्पदा सुचिमा सुचिकृत हुनसक्ने भएकाले यसक्षेत्रको सम्पदा निर्माण तथा पुननिर्माण गर्दा सम्पदा संरक्षण ऐन ,प्राचिनता र ऐतिहासिकतालाई आत्मसाथ गर्दै जाने निर्णय भएको छ ।

Advertisement


मुक्तिनाथ गुरुयोजना सम्वन्धित जिल्ला प्रशासन कार्यालय मुस्ताङमा आयोजित सर्वदलिय तथा सर्वपक्षिय भेलामा पुर्व वाणिज्यमन्त्री रोमी गौचन थकाली,गण्डकी प्रदेशका सांसद द्धय महेन्द्रबहादुर थकाली ,चन्द्रमोहन गौचन ,जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ,प्रजिअ श्रीनाथ बराल ,जिसस उपप्रमुख राजेन्द्र शेरचन, मुस्ताङका ५ वटै स्थानीय तहका जनप्रतिनिधि,पुरात्तव विभागका महानिर्देशक तथा ईन्जिनीयर,मुक्तिनाथ विकास समिति र स्थानीय संरक्ष(ण समिति लगायत सरोकारवाल निकायको उपस्थिती रहेको थियो ।

सर्वदलिय तथा सर्वपक्षिय भेला

सो अवसरमा विभागका महानिर्देशक दामोदर गौतमले बिस्तृत मुक्तिनाथ गुरुयोजना प्रतिवेदन सम्वन्धि प्रस्ततीकरण गरेका थिए । विभागले मुक्तिनाथ मन्दिरको बृहत्तर विकासका लागि तयार गरेको गुरुयोजना प्रतिवदेन ठुलो लागतको हुने र यसलाई बर्सेनि क्रमशः निर्माण गर्दै लगिने जनाईएको छ । गुरुयोजना अन्तर्गत मुक्तिनाथमा मल्टि प्रपोज हल,म्युजियम,मन्दिर छोर्तेन एण्ड गार्डेन ,ईन्ट्रान्स गार्डेन,प्रशासनीक हल,सुरक्षा निकाय भवन,भजन कक्ष,हेल्थ पोष्ट,हिन्दु गुरु बासस्थान,लाईबेरी,भोजन घर,सार्वजनिक शौचालय लगायतका कुल ३७ वटा भौतिक संरचना निर्माण हुनेछन् ।
सो अवसरमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले ए्ेतिहासिक ,धार्मिक,सांसकृतिक र पुरातत्व महत्वमा मुक्तिनाथको दिगो विकास तथा संरक्षण गर्न विभागले गुरुयोजना तयार गरेको बताए । स्थानीय स्तरबाटै परियोजना प्रतिवेदन संशोधनसहित अनुमोदन भएको र यसलाई शिघ्र कार्यान्वनमै लैजाने जानकारी दिए ।“कुनै परियोजना सफल हुन ,मास्टर प्लान आवश्यक पर्ने हुन्छ,विभागका महानिर्देशक गौतमले भने“यसैका लागि विभागले गुरुयोजना तयार गरेको हो, गुरुयोजनाले समेटेका विषयबस्तुलाई अघि बढाउन सके मुक्तिनाथको बहत्तर विकासको अवसर सृजना हुनेछ ।’ मुक्तिनाथको बृहत्तर विकासले विश्व सम्पदा सुचिमा सुचिकृत गर्नमा योगदान पु¥याउने महानिर्देशक गौतमले उल्लेख गरे ।

मुक्तिनाथक्षेत्र तथा अरु धार्मिक आस्थाको हिसाबले हिन्दु समागम रहेको क्षेत्रको समेत सरक्षण र विकास गर्दै भावी दिनमा आउने दर्शानार्थीको सुविधाका लागि थप पूर्वाधार निर्माण गर्दै मौलिक सम्पदा सरक्षण गरिने महानिर्देशक गौतमले जानकारी दिए ।
यस्तै, मुक्तिनाथका प्रमुख लामा हिराबहादुर ठकुरीले मुक्तिनाथ गुरुयोजना तत्काल कार्यान्वन हुनु पर्नेमा जोड दिए । मुक्तिनाथ मन्दिर नेपालमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा प्रख्यात रहेको उल्लेख गर्दै प्रमुख लामा ठकुरीले गुरुयोजना कार्यान्वन भएमा समग्र मुस्ताङ जिल्लाकै समृद्धिमा टेवा पुग्ने विश्वाश ब्यक्त गरे ।
पर्यटन मन्त्रालय अन्तर्गत पुरातत्व विभागले तयार गरेको मुक्तिनाथ गुरुयोजना प्रतिवेदन विभागका महानिर्देशक दामोदर गौतमले मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं प्रजिअ श्रीनाथ बराल समक्ष हस्तान्तर गरेका थिए ।
फोटो क्याप्सन ः

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया