हरिवंश सहकारीको सभा

पोखरा ।
पोखरा महानगरपालिका १८ हरिवंश बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधरण सभामा आइतबार सम्पन्न भएको छ ।
साधरण सभामा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले सहकारी ऐनको पालना गरे अघि बढे सहकारीको कार्यक्षेत्र विस्तार गर्न सजिलो हुने बताए ।

पोखरा महानगरपालिका १८ का अध्यक्ष रणबहादुर थापा, पोखरा २ का अध्यक्ष रामेश्वर मल्ल, नेपाली कांग्रेस पोखरा १८ का सभापति शिवप्रसाद तिमिल्सिना, भावना कृषि सामुदायिक संस्थाका अध्यक्ष बलराम कोइरला, चिसाखोल वेद विद्याश्रम माविका प्रबन्धक श्रीराम तिमिल्सिना, सहकारीका ऋण समितिका संयोज चिन्तामणि शर्मा तिमिल्सिना, सहकारीका उपाध्यक्ष रत्नप्रसाद तिमिल्सिना, सहकारीका संस्थाक अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, सेयर सदस्य जुली खत्री लगायतले कार्यक्रममा भनाइ राखेका थिए । सहकारीकी कोषाध्यक्ष गंगा तिमिल्निाले सहकारीका ७ सिद्धान्त बाचन गरेकी थिइन् ।
हरिवंश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तारा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्याक्रममा सचिव पूर्णाखर तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए । असल ऋणी शर्मिला तिमिल्सिना, असल बचतमा विश्व कल्याण दवाडी सम्मानित भएका थिए । सहकारीमा ३ सय २८ जना सेयर सदस्य छन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया