कांग्रेस गाेरखाकाे सभापतिमा गगन पक्षका न्याैपाने सर्वसम्मत

समाधान संवाददाता २०७८ असोज १८ गते १६:२०

पाेखरा । नेपाली कांग्रेस गोरखा जिल्ला कार्यसमिति सभापति पदमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन्। जिल्लामा लाेकप्रिय युवा नेताकाे छवी बनाएका न्यापानेकाे विरुद्धमा कसैले पनि उम्मेद्वारी दिएनन् ।

गाेरखाकाे जिल्ला अधिवेशनकाे कार्यतालिका अनुसार आज भएको उम्मेदवारी दर्ता गर्ने दिन हाे । सभापति पदमा न्याैपानेकाे मात्रै उम्मेदवारी परेको छ ।

सर्वसम्मत निर्बाचित न्याैपाने कांग्रेस नेता गगन थापानिकट हुन्। हिजाे सम्पन्न महाधिवेशन प्रतिनिधिको चुनावमा गोरखा क्षेत्र नम्बर १ बाट सबैभन्दा धेरै मत ल्याएका न्याैपाने यसअघिकाे कार्यसमितिमा सचिव थिए ।

Advertisement

सभापतिमा सर्वसम्मत भएपनि अन्य पदाधिकारी र सदस्यहरुका लागि भने मंगलबार मतदान गर्ने तालिका छ । उपसभापति, सचिव, सहसचिवलगायत पदमा निर्वाचन हुँदैछ ।

Advertisement

तपाईको प्रतिक्रिया