कांग्रेस गाेरखाकाे सभापतिमा गगन पक्षका न्याैपाने सर्वसम्मत
समाधान संवाददाता
२०७८ असोज १८ गते १६:२०

पाेखरा । नेपाली कांग्रेस गोरखा जिल्ला कार्यसमिति सभापति पदमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन्। जिल्लामा लाेकप्रिय युवा नेताकाे छवी बनाएका न्यापानेकाे विरुद्धमा कसैले पनि उम्मेद्वारी दिएनन् ।
गाेरखाकाे जिल्ला अधिवेशनकाे कार्यतालिका अनुसार आज भएको उम्मेदवारी दर्ता गर्ने दिन हाे । सभापति पदमा न्याैपानेकाे मात्रै उम्मेदवारी परेको छ ।
सर्वसम्मत निर्बाचित न्याैपाने कांग्रेस नेता गगन थापानिकट हुन्। हिजाे सम्पन्न महाधिवेशन प्रतिनिधिको चुनावमा गोरखा क्षेत्र नम्बर १ बाट सबैभन्दा धेरै मत ल्याएका न्याैपाने यसअघिकाे कार्यसमितिमा सचिव थिए ।
सभापतिमा सर्वसम्मत भएपनि अन्य पदाधिकारी र सदस्यहरुका लागि भने मंगलबार मतदान गर्ने तालिका छ । उपसभापति, सचिव, सहसचिवलगायत पदमा निर्वाचन हुँदैछ ।
सम्बन्धित







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया