उपचार गरी २ महिनापछि मेयर जिसी पोखरा फर्किए

समाधान संवाददाता २०७८ असोज २३ गते १८:३२

पोखरा ।

Advertisement

अचानक मस्तिष्तघात भई उपचारका लागि काठमाडौं गएका पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी घर फर्किएका छन् । साउन १ गते उनलाई मस्तिष्कघात भएको थियो ।

हेलिकोप्टरमा काठमाडौं लगी जिसीको न्युरो अस्पताल बाँसबारी काठमाडौंमा अप्रेसन गरिएको थियो । अप्रेसनपछि काठमाडौंमै छोरीज्वाइँको घरमा आराम गरिरहेका जिसी आज शनिबार पोखरा आइपुगेका हुन् ।

महानगरपालिकाकै गाडीमा शनिबार साँझ जिसी पोखरा आएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । जिसीको स्वास्थ्यमा सुधार आएको तर अझै केही समय फिजियो थेरापी भने गरिरहनुपर्ने भएकोसमेत बरालले सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया