कांग्रेसले गठबन्धनका अरु दललाई हेप्दै गए नयाँ गठबन्धनः आचार्य

समाधान संवाददाता २०७८ असोज २५ गते १८:०५

हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री

हिजो केपी ओलीले सबै राजनीतिक दललाई हेपेर गलत हठकन्डा अप्नाएर अघि बढे । त्यसपछि ओलीका विरुद्ध मोर्चा बन्यो, राजनीतिक मिसन बढ्यो ।

अहिले कांग्रेस पनि ओलीकै पथमा बढेको छ । गठबन्धनका दलहरुसँग छलफल नगरी, जानकारी नगराई किन नियुक्ति, निर्णय गरिरहेको छ । हाम्रो व्यक्तिगत रुपमा कसैसँग आग्रह, पूर्वाग्रह छैन, तर गठबन्धन सरकारमा सबै चिज कांग्रेस एक्लैले गर्ने हो जसरी गरिरहेको छ । बेइमानीको पराकाष्ठा हो नेपाली कांग्रेस । कांग्रेसकै कारण नयाँ गठबन्धन बन्न सक्छ ।

Advertisement

अहिलेसम्म कांग्रेसले बेइमानी गरेपनि हामी कम्प्रमाइज गरेर अघि बढेका छौं । किनभने यो मिसन हाम्रो हो । मिसन बढिरहेकाले राजनीतिक रुपमा हामी कन्भिन्सड् भएरमात्र बढेको हो । सरकरमै बसेर अहिले सरकारकै विरोध गर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको छ ।

सरकारले मन्त्रीहरुका लागि आचारसंहिता जारी गरेको छ । आचारसंहिता किन हो बनाएको ? आफू गलत गर्ने अनि भण्डाफोर नगरोस् भनेर आचारसंहिता बनाउने हो ? एजेन्डाको सुरक्षा त आफैं गर्ने हो नि । आफ्नै वस्त्र सम्हाल्न नसक्ने कांग्रेसलाई केही भन्दैनौं ।

Advertisement

तपाईको प्रतिक्रिया