नेपालका २१ प्रतिशत जनसंख्याले पर्याप्त खान पाउँदैनन्

समाधान संवाददाता २०७८ असोज ३० गते १३:२१

काठमाण्डु – आज १६ अक्टोबर , विश्व खाद्य दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ । ४१ औ खाध्य दिवसको नारा ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने तय भएको छ ।संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९१ देखि विश्व खाद्य दिवस मनाउन थालिएको हो ।

खाद्य तथा कृषि संगठन १६ अक्टोबर सन् १९४५ मा स्थापना भएको थियो । नेपालले भने सन् १९५१ को नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । नेपालले १९१ मा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराका साथ पहिलो खाद्य दिवस मनाएको थियो ।

नेपाल कृषिप्रधान देश भएर पनि हामी अरबौँ रूपैयाँ बराबरको धान, चामल, गहुँ, जौ, दलहन जस्ता खाद्यान्नहरू आयात गरिरहेका छौँ । अझैँ पनि ६० प्रतिशत नेपाली कृषि पेसामा संलग्न भए पनि खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नुले नेपालको कृषि प्रणालीलाई गिज्याइरहेको छ । सरकारको स्पष्ट नीति नहुँदा र कृषिलाइ आकर्षित गर्न नसक्दा यस क्षेत्रबाट पलायन हुनेहरू बढ्दै जान थालेका छन् ।

Advertisement

सरकारी अनुदानमा समेत राजनीतिकरण हुँदा वास्तविक किसानको पहुँचमा अनुदान पुग्न नसकेको जानकारहरू बताउँछन् । जसको कारण उत्पादन कम हुने र खाद्यान्नको अभाव हुँदै गएको छ ।

नेपालमा भोकमरीको अवस्था

Advertisement

इन्टरनेशनल फुड पोलीसी रिसर्च इन्स्टिच्युटले १ सय १३ देशमा गरेको अध्ययनअनुसार नेपालमा भोकमरीको अवस्था अत्यन्त दयनीय देखाएको छ । नेपाल ४६ अंक सहित ७९ औँ स्थानमा रहेको छ । सनु २०१९ मा भएको ग्लोवल हंगर इन्डेक्स अनुसार नेपालमा अझैँपनि २१ प्रतिशत जनसंख्याले पर्याप्त खान खान नपाएको देखिएको छ ।

सामान्य मानिसलाई दैनिक २२ सय क्यालोरी आवश्यक पर्ने मानिएको छ । विश्व बैंकले प्रति व्यक्ति प्रति दिन क्रय क्षमता ३ दशमलव २ अमेरीकी डलर भन्दा कम रहेको अवस्थालाई गरिबीको रेखामुनि रहेको जनसंख्या भनी किटान गरेको छ यो हिसाबले हेर्दापनि नेपालमा झण्डै १५ दशमलव ८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया