कृष्ण थापाको ठाउँमा उपनिर्वाचन तयारी

पोखरा ।
पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार ढलाउन नहुने पक्षमा लाग्दा जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पद गुमाए । पार्टीले उनीमाथि गरेको कारबाहीपछि सभामुख नेत्रनाथ अधिकारीले थापाको सांसद पद खारेज गरे । त्यसविरुद्ध थापाले सर्वाेच्च अदालतमा परेको रिटको अन्तिम फैसला आइसकेको छैन, तर उनको निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुनसक्ने देखिएको छ ।
निर्वाचन आयोगले जनप्रतिनिधिविहीन ठाउँमा उपनिर्वाचन मिति तोक्न सरकारलाई भनिसकेको छ । देशभर संघीय संसदका ४ र प्रदेश सभाका १८ निर्वाचन क्षेत्र जनप्रतिनिधिविहीन छन् । त्यसमध्ये एउटा बागलुङमा कृष्ण थापाको क्षेत्र पनि हो ।
निर्वाचन आयोगले आउँदा स्थानीय तह निर्वाचनअगावै प्रदेश सभा र प्रतिनिधिसभाको उपनिर्वाचन गर्न सुझाएको छ । सरकार पनि उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी जुटेको छ ।
बागलुङ १ ‘ख’ मा २०७४ सालमा जनमोर्चाका कृष्ण थापा विजयी भएका थिए । त्यतिबेला एमाले र माओवादीले उनलाई समर्थन गरेका थिए । तर जनमोर्चाले एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट हटाउन अविश्वासको प्रस्तावमा समर्थन गर्न भन्दा थापाले मानेका थिए । त्यसै कारण गएको जेठदेखि थापालाई पार्टीले निकाल्यो र प्रदेश सभा सदस्यको पद पनि खोस्यो ।
थापाले १४ हजार ३ सय ७२ मत ल्याएर चुनाव जित्दा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार प्रकाश पौडेलले ९ हजार ९४ मत पाएका थिए । ७४ को निर्वाचनमा बागलुङभर १ लाख ६७ हजार २ सय ८२ मतदाता थिए । अब उपनिर्वाचन भयो भने एमालेले कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतको गठबन्धनसँग जुध्न पर्ने पनि हुनसक्छ । तर सत्तारुढ पार्टीहरुले अबका निर्वाचनमा पनि गठबन्धन बनाउँछन् या बनाउँदैनन् भन्ने यकीनचाहिँ छैन ।







पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
बागलुङमा पिकअप दुर्घटना: एकको मृत्यु, चार घाइते
फागुन १२ भित्र मतपत्र जिल्ला पुर्याइने, प्रवासी मतदान कानुनको पर्खाइमा
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया