धौलागिरि क्षेत्रमा भीषण हिम पहिरो : भागदौडमा दुई शिक्षक र एक वीद्यार्थीको खुट्टा भाँचियो
भागदौड हुदा दुई शिक्षक र एक बिद्यार्थीको खुट्टा भाँचियो


जोमसोम—मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङ ,लार्जुङ र बोक्सी खोला माथिको हिमाली लेकमा भीषण हिम पहिरो गएको छ । आईतबार बिहान करिव ११ बजेको समयमा भीषण हिम पहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार थासाङ गापा मार्थि धौलागिरि क्षेत्रको मानापाथी हिमालबाट भीषण हिम पहिरो खसेको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष अधिकारी अनुसार हिम पहिरो करिव ३० मिनेट सम्म जारी रहेको थियो । हिम पहिरोको कारण थासाङ गापाको वडा—२ को कोवाङ,लार्जुङ,नाउरिकोट,बोक्सी खोला लगायतमा बसोबास गरेका स्थानीयको भागदौड चलेको थियो
यस्तै, हिम पहिरो खसेका कारण बेनी—जोमसोम सडक यातायात समेत ३० मिनेट सम्म प्रहरीले बन्द गर्नु परेको थियो । प्रहरी निरीक्षक अधिकारीका अनुसार मानापाथी हिमालबाट खसेको हिम पहिरोका कारण बोक्सी खोलाको पानीको बहाव समेत तेब्बर भएको थियो ।
धौलागिरि क्षेत्रको मानापाथी हिमालबाट उर्लिएर खसेको हिमपहिरोका कारण कोवाङमा अवस्थित जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका शिक्षक तथा बिद्यार्थीको भागदौड चलेको विद्यालयका निमित्त प्रधानाध्यापक खेम गुरुङले जानकारी दिए ।
उनका अनुसार हिम पहिरोका कारण बिद्यालयमा भागदौड हुदा दुई शिक्षक र एक बिद्यार्थीको खुट्टा भाचिएको छ । ‘ धौलागिरि आधार शिविरबाट ठुलो भिषण हिमपहिरो आयो,विद्यालय शैक्षिक पठन—पाठन चलिरहेको थियो,‘उनले भने,’ हिम पहिरो खसेको पत्तो पाएपछि बिद्यालयका सबैमा भागदौड सुरु भयो ।’ बिद्यालयका प्राधानाध्यापक गुरुङले अहिले बिद्यार्थी र शिक्षक लगायतलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको जानकारी दिए । उनले अझै थप हिम पहिरो जानसक्ने भएकाले बिद्यालयका सबैलाई सुरक्षित स्थानमा सारिएको बताए । स्थानीयका अनुसार हिम पहिरोका धक्काको असर कोवाङm,लार्जुङm,बोक्सी खोला र नाउरिकोट समेतमा परेको थियो । अहिले सो क्षेत्रमा तिब्र गतिका हावा चलेको स्थानीय बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले अहिले हिम पहिरो रोकिएको र कोवाङ प्रहरी चौकीका ईञ्चार्ज नेत्र जिटीसहितको ६ जना प्रहरी टोली घटना स्थलको अवलोकन गर्न पुगेको प्रहरी निरीक्षक अधिकारीले जनाए ।‘ हिम पहिरोको अवस्था ,हिम पहिरोले कहा कहा क्षति पू¥यायो ,हामीले प्रहरी टोली खटाएका छौं ,प्रहरी निरीक्षक अधिकारीले भने, ‘अहिले सम्म भौतिक तथा मानवीय क्षतिको जानकारी आएको छैन ।हिम पहिरोले पू¥याउन सक्ने सम्वन्धित स्थानको रिपोर्टपछि सबै जानकारी आउने छ ।
’ उनले हिम पहिरो जादा भएको भागदौडमा केही शिक्षक र विद्यार्थी घाईते भएको जानकारी दिए । प्रहरीका अनुसार थासाङ—२ को हिम पहिरो जोखिम क्षेत्रका घरधुरीलाई सुरक्षित स्थानमा स्थान्तरण गर्ने तैयारी भईरहेको जनाईएको छ ।केही वर्ष अघि सो क्षेत्रमा हिम पहिरो खस्दा थासाङ—२ क्षेत्रमा भौतिक तथा मानवीय क्षति भएको थियो । खर्कको चरनक्षेत्रमा रहेका याक÷चौरीहरु समेत मरेका थियो ।
पछिल्लो समय जलवायु परिवर्तनका प्राकृतिक बिपद्का घटनाहरु हुन थालेका छन् । हरितगृह ग्यास उत्सर्जन तथा प्राकृतिक दोहनका कारण मौसममा आएको परिवर्तनले भारि बर्षा हुने,हिम ताल फुट्ने ,बाढी ,पहिरो र नदी कटान हुने आदी गरेको छ । जलवायु परिवर्तनकै कारण धौगागिरि क्षेत्रमा हिम पहिरो गएको हुनसक्ने स्थानीय सोजन हिराचनको भनाई छ ।
फोटो क्याप्सन ःमुस्ताङको थासाङ —२ धौलागिरि क्षेत्रमा आईतबार गएको हिम पहिरो । तस्विर ःकुमार अनुरागी ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया