आजबाट पोखरा सडक महोत्सव

अभिषेक अधिकारी २०७८ पुष १५ गते १३:०८

पोखरा ।
हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लोकसाइडमा आयोजना हुँदै आएको पोखरा सडक महोत्सव बिहीबार सुरु हुँदै छ । रेबान पोखराको आयोजनामा हुने फेस्टिभलको पहिलो दिन लेकसाइडको खहरेबाट २५ भन्दा बढीथरीका सांस्कृतिक झाँकीको सहित ¥यालीसहित कोमागाने पार्कमा पुगी कार्यक्रमको औपचारिक सुरुआत गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा रेबान अध्यक्ष लक्ष्मण बरालले बताए ।
गुरुङ, मगर, उपल्लो मुस्ताङका जाति, नवलपुरका थारु, काठमाडौंका नेवार लगायत अन्य जातजातिको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । रेबानले फेस्टिभल दौरान लेकसाइडको गल्ली नम्बर ५ मा कोरोनाको खोप केन्द्र बनाई जोन्सन कम्पनीको खोप दिने भएको छ । ११ देखि ४ बजेसम्म बिही र शुक्रबार खोप दिइने भएको हो । फेस्टिभलमा आउने पाहुनाको स्वास्थ्य ख्याल गर्दै कोमागाने पार्क, गौरीघाट, सेन्टर प्वाइन्ट, हल्लनचोक गरी ४ ठाउँमा हेल्थ डेस्क स्थापना गरिने भएको छ ।


मध्याह्न एक बजे गृहमन्त्री बालकृष्ण खाँणले लेकसाइडको कोमागाने पार्कमा महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बताए । बिहीबार नै सो पार्कमा उद्घाटन कार्यक्रम पश्चात कलाकारहरु कुमार पुन, तारापति सुवेदी, सुरेन्द्र गुरुङ, शिवहरि ढुंगाना, केशव देवकोटा, टेकबहादुर खत्री, सरस्वती लामिछाने, लक्ष्मी नेपाली, तुलसा जिसी, दिवाकर भण्डारी लगायतले छन् ।
फेस्टिभल अवधिभर हस्तकला प्रदर्शनीका लागि ३० भन्दा बढी स्टल राखिने आयोजक बिहीबार नै साँझमा कन्सर्टतर्फ पोखराका ब्यान्ड ब्ल्याक फिदर्स र काठमाडौंका ब्यान्ड द इलिमेन्ट्सले प्रस्तुति दिने छन् ।


यस वर्ष अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्या शुक्रबार परेको छ । हरेक साँझ विशेष रुपमा मनाइने हुँदा उक्त दिनलाई रेबानले खास महत्व दिँदै उत्कृष्ट कलाकारहरुको ओइरो नै गराएको छ । उक्त दिनमा दिउँसो कलकारहरुमा बद्री पंगेनी, प्रीति आले, रामजी पौडेल, लक्ष्मी मल्ल, चिज गुरुङ अस्मिता डल्लाकोटी, आशा बिसी, अलिफ मियाँ, निशा पोखरेल, काजल गुरुङ, तथा हास्यतर्फ राजेन्द्र नेपाली (लट्टे) र युवराज भण्डारीको प्रस्तुति दिँदै छन् ।

Advertisement


नयाँ वर्ष सुरु हुने मध्यरातिको विशेष काउनडाउन गायक विपुल क्षेत्रीले गर्नेछन् । ¥यापर भिटेन अर्थात समीर घिसिङ यस वर्ष पनि नयाँ वर्षको पूर्वसन्ध्यामा प्रस्तुति दिँदै छन् । भिटेनको प्रस्तुति विपुल क्षेत्रीभन्दा अघि हुनेछ ।


अंग्रेजी नयाँ वर्षको पहिलो दिन शनिबार पुरुषोत्तम न्यौपाने, सम्झना भण्डारी, सरला पाण्डे, शंकर विरही गुरुङ, चलेन्द्र पौडेल, राजन कार्की, रेशम निर्दोष, प्रकाश पराजुली, मीना बुढाथोकी, माया गुरुङ, सविना गुरुङ र चीना थापा लगायत कलाकारहरुको प्रस्तुति रहने छन् । साँझमा यम बरालको कन्सर्ट रहने कार्यक्रमको तलिका छ ।

Advertisement


खेलकुद तालिका अन्तर्गत बुधबार चिली बार रेस्टुरेन्टको अगाडि विहान ८ बजे वेटर÷वेट्रेस दौड हुने छ । रेबान पोखरा अध्यक्ष लक्ष्मण बरालका अनुसार पोखराका विभिन्न होटल तथा रेस्टुरेन्टमा कार्यरत वेटर÷वेटे«स ट्रेमा सिसाको बोतल र अन्य सामग्री राखी २०० मिटरको रेसमा भाग लिन्छन् । जसले टे«मा राखिएको सामाग्री राखी पहिलो स्थान हासिल गर्छ सो व्यक्ति विजेता घोषित हुन्छ । बिहीबार टग अफ वार अन्तर्गतको खेल गौरीघाटमा ३ बजे हुँदै छ । डुंगा रेस प्रतियोगिता शुक्रबार बिहान ८ बजे बसुन्धरा पार्कबाट हुनेछ । कार्यक्रम समापन आइतबार हुने छ ।

तपाईको प्रतिक्रिया