आरभको दोहोरो जित प्रदीपसँग फाइनल भेट पक्का

अभिषेक अधिकारी २०७८ पुष १५ गते २०:२४

पोखरा ।
पोखरामा जारी १८ औं पोखरा ओपन तथा भेट्रान प्रतियोगिता अन्तर्गत १४ वर्षीय आरभ हाडा र अक्की रावतको जोडीले नेसनल टेनिस विजेता प्रणव खनाल र पूर्व नेसनल विजेता जितेन्द्र परियारको जोडीलाई ओपन डबल्सको फाइनलमा बिहीबार पराजित गरेको छ ।


पहिलो सेटको सुरुआतमा ४–२ ले अघि रहेको जितेन्द्र र प्रणव जोडीले सो सेटमा नै अग्रता जोगाउन सकेन । ६–६ को टाईब्रेकमा पुगेको उक्त सेट ७–२ को हारसहित पूर्वनेसनल विजेताहरु १४ वर्षीय हाडा र १५ वर्षीय रावतको जोडीसँग स्तब्ध हुन पुग्यो ।


दोस्रो सेटको सुरुआत खेलमा ५–० को सेटमा पछाडि रहेको जितेन्द्र र प्रणव र जितेन्द्रको जोडी दोस्रो सेटमा ६–१ मा सीमित रहँदै पराजित भयो । मेन्स सिंगल्सतर्फको बिहीबारै सेमिफाइनतर्फको खेलमा हाडा सामु प्रणव पुन पराजित भए । हाडासँगको ६–२ र ६–४ को सेटमा पराजित राष्ट्रिय विजेता प्रणवको फाइनल यात्रामा सेमिफानलमै पूर्णविराम लाग्यो ।

Advertisement


सेमिफाइनलतर्फको दोस्रो खेलमा पोखराका स्टार खेलाडी प्रदीप खड्काले काठमाडौंका अक्की रावतलाई ५–७ र ६–२ को सेटमा पराजित गरी फाइनलमा आरभसँगको भेट पक्का गरेका छन् । गत महिना काठमाडौंमा आयोजित वीर गणेशमान ओपन तथा भेट्रान कप अन्तर्गत सेमिफाइनलमा प्रदीप आरभसँग पराजित भएका थिए । जारी प्रतियोगितामा मेन्स डबलतर्फको सुरुआती खेलमा नै आरभ र अक्कीको जोडीले प्रदीप र गोविन्दको जोडीलाई पराजित गरेको थियो ।


यसै महिना भएको प्रथम सेनापति टेनिस प्रतियोगितामा ओपन सिंगलतर्फ प्रदीपले जित हात पार्दा सेमिफाइनमा आरभका डब्ल्सतर्फका जोडी अक्की रावत र फाइनलमा राष्ट्रिय विजेता प्रणव खनाललाई पराजित गरेका थिए । उक्त प्रतियोगिता आरभ हाडाले चोटका कारण गुमाएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया